काठमाडौं । आज विश्व थाइराइड दिवस । विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदै छ ।
थाइराइड रोगी बढ्दै गएको सन्दर्भमा नेपालमा पनि विविध कार्यक्रम आयोजना गरिएको छ ।थाइराइड ग्रन्थीले राम्रोसँग काम गर्न नसक्दा समस्या हुने गर्छ । थाइराइड विशेष गरी ६० वर्ष माथिका महिलामा धेरै देखिन्छ। तर आजभोलि निकै कम उमेरदेखि नै थाइराइड भएको पाइन्छ।
थाइराइड के हो ?
शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ। थाइराइड रोग होइन।
यो हाम्रो घाँटीमा हुने ग्रन्थी हो। यसले टी ३ र टी ४ नामक हर्मोन बनाउँछ। यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोशिकामा पु¥याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ। मेटाबोलिजम फोक्सो, हड्डी, छाला, मुटुलगायत शरीरका सबै अंगलाई चाहिने कुरा हो।
थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ। हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र हर्मोन कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ।
के कारणले हुन्छ थाइराइड ?
हर्मोनको कमीले गर्दा हाइपोथाइरिटिजम देखिने समस्या बढी हुन्छ। ३०–४० वर्षअगाडि आइडिनको कमीले गर्दा हर्मोन कमी हुन्थ्यो। तर अहिले थाइराइड अटो इम्युनको कारणले गर्दा हुन्छ।
प्रतिरोधी प्रणाली (इम्युन सिस्टम) ले भित्रबाट थाइराइड ग्रन्थी भत्काउछ। लिथियम नामक औषधिले हर्मोन कम हुनसक्छ। हर्मोन बढीको समस्यामा झोल आयोडिन दिइन्छ।
लक्षण
शरीर गलेको महसुस हुने।
शरीर सुन्निने।
कपाल झर्ने।
निन्द्रा नलाग्ने वा बढी लाग्ने।
छाला फुस्रो हुने।
महिनावारी गडबड हुने।
थाइराइड रोगबाट कसरि बच्न सकिन्छ ?
१. खानामा आयोडिनको मात्रा कमी वा बढी दुवैमा थाइराइडको समस्या देखिने भएकाले यसको मात्रा मिलाएर खानुपर्छ । सी फूड तथा आयोडीनयुक्त नूनका पूर्ण रुपमा नियन्त्रण आवश्यक छ ।
२.वनस्पति घ्यू हाइड्रोजनसँग मिलाएर बनाएको हुन्छ । यसले राम्रो कोलस्ट्रोललाई नाश गर्छ र नराम्रोलाई बढाइदिन्छ । जसले थाइराइडबाट हुने समस्या उत्पन्न गरेर त्यसलाई बढाइदिन्छ । तसर्थ सकभर बजारमा पाइने यस्तो घ्यूको प्रयोग गर्नु हुदैन ।
३. थाइराइड भएका विरामीहरुका लागि कफिले दुखाई बढाउने काम गर्छ । बेचैनी तथा अनिन्द्रा जस्ता समस्याहरु पनि निम्त्याउँने काम गर्छ । तर कफिले सिधै थाइराइड भने बढाउँदैन ।
४. थाइराइड भएकालाई रक्सी , बीयर आदीले शरीरिक उर्जालाई प्रभावित पार्छ र निद्रामा समेत समस्या हुन्छ । त्यसैले रक्सी, बीयरको प्रयोग नगर्ने ।