काठमाडौं । वर्षायाममा मौसमी फ्लू, दुषित खाना तथा पानी वा लामखुट्टेको टोकाइबाट लाग्ने रोगहरू बढी देखापर्ने हुन्छ।
मौसममा परिवर्तन भएसँगै हरेक वर्ष वर्षायाममा धेरैजसो मानिसलाई रुघाखोकी लाग्ने, फ्लू हुने, दुषित खाना तथा पानीको कारण झाडापखाला लाग्ने वा टाइफाइड हुने र लामखुट्टेको टोकाइबाट डेँगु, मलेरियाजस्ता रोगहरू बढी देखापर्न सक्छन्।
– पानी उमालेर पिउने
– फलफूल तथा सब्जीलाई खानुअगाडि सफा पानीले राम्ररी पखाल्ने,
– खाना राम्रोसँग पकाउने, बासी नखाने
– बाहिरको खानेकुराबाट बच्ने, खाना छोप्ने
– पटक–पटक साबुनपानीले हात धुने
– हाच्छ्युँ गर्दा वा खोक्दा मुख छोप्ने
– आँखा, नाक र मुख छुनबाट बच्ने
– मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने
– सरसफाइमा ध्यान दिने
– पानी जम्ने ठाउँलाई सफा गर्ने, सुक्खा राख्ने
– लामखुट्टेको टोकाइबाट बच्नका लागि राती सुत्दा झुलको प्रयोग गर्ने, हात खुट्टा छोपिने लुगा लगाउने
– आफूखुसी औषधिको सेवन गर्नुभन्दा पनि डाक्टरसँग परामर्श लिएर रोगको मुख्य कारण पहिचान गरी यसको उपचार गराउनु जरुरी हुन्छ ।