यदि सम्भोग गर्दा लुब्रिकेन्ट्सको प्रयोग गर्ने बानी छ भने चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । किनकि लुब्रिकेन्ट्समा स्पर्मिसाइड हुने भएकाले गर्भधानमा समेत समस्या हुन सक्छ ।
यसका लगिा आइरनयुक्त खानाको प्रयोग गर्न सक्नुहुन्छ । आइरनको कमीले ओब्यूलेसनमा समस्या आउँछ र प्रजनन क्षमतामा ह्रास आउन सक्छ ।
यसका लागि एक्सरसाइजको पनि आवश्यक हुन्छ जसले प्रजनन र गर्भधारणको क्षमता बढ्ने गर्छ । एक्सरसाइजले शरीरमा इन्सुलिन रोक्ने काम गर्छ । बढी इन्सुलिन डिम्ब निर्माणमा बाधक बन्छ ।
स्पर्मको मोबिलिटीका लागि ओमेगा थ्री भिटामिनको आवश्यक हुन्छ । फिमेल हर्मोन ब्यालेन्सका लागि पनि यो निकै अनावश्यक छ । यसका लागि माछाको सेवन निकै उपयुक्त हुन्छ ।
गर्भधारण गर्ने महिलाले पारासिटामोल, ब्रफिनजस्ता औषधिको सेवन गर्नु हुँदैन । दुखाइ कम गर्ने औषधिको साइडइफेक्टले गर्भधारणमा समस्या सिर्जना गर्छ ।
प्रजनन क्षमता बढाउनका लागि उपयुक्त खानाहरु
दाल र सिमी
शरीरमा आइरन तथा प्रोटीनको कमी भयो भने अण्डाशयबाट डिम्ब निस्कने प्रकृयामै समस्या आउन थाल्छ । त्यस्तो अवस्थामा दाल तथा सिमीको सेवन तपाईंका लागि फाइदाजनक हुनसक्छ । यी दुबै नै सुपरफूड, आइरन, भिटामिन, मिनरल तथा प्रोटीनका उत्कृष्ट स्रोतहरु हुन्, जसले प्रजनन प्रकृयालाई उत्कृष्ट बनाउन सहयोग गर्छ । आफ्नो दैनिक डाइटमा दाल अथवा सिमीमध्ये कुनै एकलाई समावेश गर्नै पर्छ । डिम्बको गुणस्तर राम्रो हुनुका साथै प्रजननको सम्भावना पनि बढ्छ ।
ड्राइ फ्रुट्स पनि फाइदाजनक
ड्राइ फ्रुट्स तथा बदाम पनि प्रोटीन, मिनरल, भिटामिन आदिको राम्रो स्रोत मानिन्छ । खासगरी छोकडा, अंजीर तथा किशमिशलाई आफ्नो दैनिक डाइटमा अवश्य समावेश गर्नु पर्छ । यी ड्राइ फूडमा सेलेनियम हुन्छ, जुन एन्टि-अक्सिडेन्ट हो, जसले फ्रि रेडिकललाई रोक्दछ र उत्कृष्ट गुणस्तरको डिम्बको उत्पादनमा सहयोग पुर्याउँछ ।
तपाईंले चाहनु भयो भने हरेक दिन खाजाको रुपमा ड्राइ फ्रुट्स हरु खान सक्नु हुनेछ अथवा अन्य खाजा अथवा ड्राइ फूड्सलाई पनि समावेश गर्न सक्नु हुनेछ ।
जिंकले भरिएको तिलको सेवन
सेतो तथा कालो दुबै प्रकारका तिलमा जिंकको मात्रा अत्यधिक हुन्छ । जिंक नै त्यस्तो तत्व हो, जुन डिम्बको स्वास्थका लागि जिम्मेवार हार्मोनको उत्पादनका लागि सहयोगी हुन्छ । तिलमा एबाकाडोजस्तै मोनोसेचुरेटेड फ्याट हुन्छ, जसले तपाईंको प्रजननलाई उत्कृष्ट बनाउँछ ।
तपाईंले चाहनु भयो भने तिललाई अचार बनाएर पनि खान सक्नु हुनेछ भने तिलको लड्डू पनि खान सक्नु हुनेछ । अर्को शब्दमा भन्नु पर्दा डिम्बलाई स्वास्थलाई उत्कृष्ट बनाउने सबैभन्दा प्रभावकारी खाद्य पदार्थ नै तिल हो ।
एन्टि अक्सिडेन्टले भरिपूर्ण स्ट्रबेरी
स्ट्रबेरी अथवा ब्लूबेरी जस्ता फलमा एन्टि-अक्सिडेन्टहरुको मात्रा अत्यधिक हुन्छ, जसले अण्डाशयबाट निस्कने डिम्बलाई फ्रि रेडिकल्सबाट बनाउनमा सहयोगी सावित हुन्छ । हप्तामा कम्तिमा तीन पटक स्ट्रबेरी खानु तपाईंका लागि फाइदाजनक हुन्छ ।
हरिया सब्जी
पालुङ्गो, ब्रोकाउली, बन्दाकोभी जस्ता हरिया पत्ता भएका सब्जिहरुमा फलेट, आइरन, म्याग्निज, क्याल्सियम तथा भिटामिन ए भरपूर मात्रामा पाउन सकिन्छ, जसले तपाईंको प्रजनन क्षमतालाई बढाउन सहयोग पुर्याउँछ । आफ्नो हरेक दिनको डाइटमा कम्तिमा दुई पटक हरियो पत्ता भएका सब्जि खानै पर्छ ।
प्रजजनमा सहयोगी अदुवा
अदुवा पनि एउटा सुपरफुड हो, जसमा एन्टि-एन्फ्लेमेट्री तत्व पाइन्छ । यदि तपाईंको प्रजननसंग सम्बन्धित प्रणालीमा कुनै पनि प्रकारको समस्या छ भने त्यसलाई हटाउनका लागि अदुवाले ठूलो सहयोग पुर्याउँछ । यदि तपाईंको महिनावारी नियमित छैन भने पनि तपाईंले अदुवाको सेवन गर्न सक्नु हुनेछ । अदुवालाई तपाईंले आफ्नो दैनिक डाइटमा समावेश गर्ने एउटा राम्रो उपाय हो अदुवाको चिया । त्यसो त अदुवालाई विभिन्न तरकारी तथा सलादमा समेत समावेश गरेर खान सकिन्छ ।
डिम्बका लागि फाइदाजनक दालचीनी
दालचीनी सुपरफूड होइन, तर सुपर स्पाइसी अर्थात राम्रो मसला भने हो ।
अण्डाशयको क्रियाकलापलाई उत्कृष्ट बनाएर डिम्बको उत्पादनलाई उत्तेजित बनाउनका लागि दालचीनीले नै सहयोग पुर्याउँछ । जो महिलाहरुलाई यौनजन्य रोगहरुको समस्या छ, उनीहरुले पनि दालचीनीको नियमित सेवन गर्नु पर्छ । दालचीनीको पाउडरलाई हरेक दिन चियामा मिसाएर खान सकिन्छ ।
फाइबरले भरिपूर्ण खानेकुरा
फाइबरले शरीरमा भएको अतिरिक्त हार्मोनहरुलाई बाहिर निकालेर ब्लड सुगरलाई सन्तुलनमा राख्न सहयोग पुर्याउँछ । त्यस्तो अवस्थामा फाइबरले भरिपूर्ण अन्न, फलफूल तथा सब्जिहरु अवश्य खानु पर्छ । यसले पनि तपाईंको प्रजनन क्षमतालाई उत्कृष्ट बनाउँछ र अण्डाको उत्पादनलाई बढाउँछ र डिम्बको गुणस्तरलाई उत्कृष्ट बनाउँछ ।