काठमाडौं । गर्मी मौसम बढेसँगै मानिसहरुमा फूड पोइजनिङ्ग, अर्थात् खाना अपच हुने समस्या बढ्न थाल्छ । कारण, यो समयमा बाहिरको खाना बढी खाने र स्वस्थकर खाना नहुँदा त्यसले खाना पचाउन समस्या गराउँछ । वर्षायाम सुरु हुने बेला र गर्मी मौसम भएकाले यो समस्या बढी देखिन सक्छ ।
त्यसकारण खानपानमा विशेष ध्यान दिनु पर्छ । दुषित भोजन, राम्रोसँग नपाकेको भोजन लगायतको सेवनबाट फूड पोइजनिङ्ग हुने गर्छ । यो एक यस्तो प्रकारको समस्या हो जसको उपचार आफैँ गरेर एक दुई दिन या एक हप्तामा निको हुन सक्छ ।
फूड पोइजनिङ्गको सामान्य लक्षणहरु वान्ता हुनु, वाकवाकी लाग्नु, मुखमा अमिलो पानी आउनु लगायत हुन् । फूड पोइजनिङ लामो समय रहने रोग नभए पनि गर्भवती महिला, बालबालिका र बृद्धबृद्धाहरुलाई भने यसले धेरै नै समस्यामा पार्छ । फूड पोइजनिङ भएको बेला अत्याधिक पानी, चिया वा जुस पिउनु पर्दछ । यसले तपाईंको शरीरमा हुने निर्जलिकरणलाई कम गर्न मद्धत गर्दछ ।
फूड पोइजनिङबाट बच्न यी कुरामा ध्यान दिनुहोस् :
मादकपदार्थ, दुध या कफिनयूक्त पेय पदार्थ नपिउनुहोस् ।
नरम खाद्य पदार्थ सेवन गने । जस्तैः भात, केरा, टोस्ट आदी ।
यदि खोकी लागेको छैन भने दही पनि सेवन गर्न सकिन्छ ।
मसलेदार, अत्याधिक चिल्लो र उच्च फ्याटयूक्त खानेकुरा नखानुहोस् ।
आफ्नो खानामा प्रोबायोटिक्स् समाबेस गर्नुहोस, यसले राम्रा व्याक्टेरियालाई पुनः ल्याउन मद्धत गर्दछ ।
हरियो खानेकुराहरु, तुलसीको पात, धनिया, जीरा खानुहोस् ।
पानी पिउँदा सकेसम्म उमालेको वा शुद्धिकरण गरेर पानीको अत्यधिक सेवन गर्ने ।
हरियो तरकारी, सागपात, फलफूललाई राम्रोसँग सफा पानीले पखालेर मात्रै सेवन गर्ने ।
तरकारीहरु राम्रोसँग पकाएर खानुपर्छ ।
सम्भव भएसम्म आराम गर्नुहोस्, किनभने फुड पोइजनिङले थकानलाई बढाउँछ ।
यति गर्दा पनि स्वास्थ्यमा सुधार नआएमा चिकित्सकसँग परामर्श गरेर औषधि सेवन गर्नुपर्दछ ।