एजेन्सी । प्रजनन उमेरका महिलाहरूमा हुने महिनावारी प्राकृतिक प्रक्रिया हो ।
तर कहिलेकाहीँ महिनावारीको समयलाई पर धकेल्नु पर्ने हुनसक्छ । व्यस्त दिन, चाडपर्व, भ्याकेसन वा धेरै अन्य कारणहरूले महिलाहरू महिनावारी धकेल्न चाहन्छन् । कतिपयले महिनावारी सार्न औषधिको सेवन गर्ने गर्छन् ।तर यस्ता औषधिले अन्य साइड इफेक्ट गर्ने गर्छ । साइड इफेक्ट गर्छ भन्ने थाहा हुँदाहुँदै औषधिको प्रयोग गर्न धेरैले रुचाउँदैनन् ।
महिनावारी केही दिनका लागि सार्न प्राकृतिक उपायहरू अपनाउन सकिन्छ । यी विधिहरूको प्रभावकारिता प्रमाणित गर्न कुनै वैज्ञानिक प्रमाण नभए पनि यस्ता उपायले कुनै हानि नगर्ने हुँदा प्रयास गर्न सकिन्छ । यस्ता छन् महिनावारी स्थगित गर्ने पाँच तरिकाः
- मसलाहरूले महिनावारीलाई समयभन्दा छिटो ल्याउने विश्वास गरिन्छ । महिनावारी पाँचदेखि ६ दिन ढिलो गर्न, अघिल्लो महिनामा धेरै मसलादार र तातो खाना खानबाट जोगिनु पर्छ ।
- दालचिनीले शरीरको तापक्रम बढाउँछ जसकारण धेरै मात्रामा यसको सेवनले गरेमा महिनावारी छिटो हुनसक्छ । महिनावारी ढिलो गर्न केही दिनका लागि दालचिनीको सेवन गर्न हुँदैन ।
- पेटको मसाजले पिरियड क्र्याम्प र महिनावारी ढिलो गर्न मद्दत गर्छ । पेटको क्षेत्रमा मालिस गर्नको लागि कुनै पनि तेल वा क्रिमहरू प्रयोग गर्नाले मांसपेशीहरूलाई आराम गर्न र शरीरमा रक्त प्रवाहलाई सहज बनाउँछ । यो विधि महिनावारी हुनुअघि एक हप्ता नियमित रूपमा गर्नु प्रभावकारी हुनसक्छ।
- धनिया वा मेथीको दानामा महिनावारी ढिलाइ गर्ने क्षमता भएको विश्वास गरिन्छ । यीमध्ये कुनै दानाको एक चम्चा लिएर रातभर एक गिलास पानीमा भिजाउनु पर्छ । महिनावारी हुने मितिभन्दा एक हप्ता अघिदेखि बिहान यो पानीको सेवन गर्नाले प्रभावकारी नतिजा पाइन्छ।
- दालको सेवनले पनि प्राकृतिक रूपमा महिनावारी स्थगित गर्न मद्दत गर्दछ । महिनावारी हुनु १० दिन अगाडिदेखि हरेक दिन भुटेको दालको सेवन गर्नाले महिनावारी केही दिन ढिलाइ हुनसक्छ । धेरै दाल खाँदा पेट फुल्ने र अन्य पाचन विकारहरू निम्त्याउन सक्ने हुँदा ठिक्क मात्रामा मात्र दालको सेवन गर्नु उचित हुन्छ।