काठमाडौ - इम्पल्स कनट्रोल (आवेग नियन्त्रण) डिसअर्डर कनट्रोल (आवेग नियन्त्रण) डिसअर्डर कनट्रोल (आवेग नियन्त्रण) डिसअर्डर भएका व्यक्ति अचानक आउने इच्छालाई नकार्न असक्षम हुने गर्दछन। त्यस्ता इच्छाहरु प्रायजसो समाजिक नियम भंग गर्ने अरुको हानी गर्ने हुन सक्छन् ।
त्यस्ता व्यवहारहरु अनियन्त्रित हुने गर्दछन । जसले विनाशकारी नतिजाहरु ल्याउने गर्दछन । यो समस्या बारम्बार र अपर्झट आउने गर्दछन। त्यसमाथी त्यस्ता व्यवहारले निम्त्याउन सक्ने नतिजाप्रती व्यक्तीले विचार पुर्याउदैनन्।
यो समस्या भएका व्यक्तिमा सामाजिक, पेशागत, कानूनी, तथा आर्थिक कार्यमा नोक्सानी बेहोर्नु पर्ने हुन सक्छ ।
प्याथोलोजिकल ग्याम्बलिग डिसअर्डर (जुवा सम्बन्धी अव्यवस्था), क्लेटोमोनिया डिसअर्डर (धेरै चोरी गर्ने इच्छा हुने अव्यवस्था), ट्राइकोटिलोमानिया डिसअर्डर (कपाल उखेल्ने अव्यवस्था), इन्टरमिटेन्ट एक्सप्लोसिभ डिसअर्डर (विस्फोटक रुपमा रिस उठ्ने अव्यवस्था), र पाइरोमानिया (चिजबिजमा आगो लगाउने अव्यवस्था) त्यस्ता केही औपचारिक अव्यवस्थाहरु हुन सक्छन् । यस्ता समस्या लामो समयसम्म रहिरहनुको साथै दैनिक जीवनलाई तनाबग्रस्त बनाएमा सामान्य रुपमा लिन हुँदैन।
यस्ता अव्यवस्थाका बिशेषताहरु एक देखी अर्कोबाट भिन्न हुने गर्दछन, जस्तै कि प्याथोलोजिकल ग्याम्बलिगमा जुवा खेल्ने इच्छा प्रचुर मात्रामा हुने गर्दछ । भने, क्लेटोमोनियामा चोरी गर्ने यिनिहरुका केही बिशेषताहरु भने मिल्ने गर्दछ। तिनिहरु यस प्रकार छन ।
प्रतिकुल नतिजाहरुका बाबजूद बारम्बार त्यस्ता क्रियाकलाप गर्नु।
त्यस्ता समस्यात्मक व्यवहारहरुमा नियंत्रण घट्दै जानु, जस्तै जुवाको लत बढ्दै जानु।
यस्ता व्यवहारहरु गरीसके पछी अत्यन्त आनन्द आउनु ।
लक्षणहरू
यसका लक्षणहरू समस्या र मानिस अनुसार भर पर्ने गर्दछ। प्राय देखिने लक्षणहरू यस प्रकार छन।
व्यवहारिक लक्षणहरू
चोरी गर्ने, आगो सल्काउने, खतरनाक व्यवहार गर्ने, नियम भङ गर्ने, नोक्सानी हुने तथा गडबड हुने कार्य गर्ने, आक्रमक हुने इत्यादी।
मानसिक तथा भावनात्मक लक्षणहरू
आत्म सम्मानमा कमी,मुडमा उग्र बद्लाव आउनु, ध्यान दिन सक्ने क्षमता घट्नु, आदी।
सामाजिक लक्षणहरू
समाजबाट एक्लिनु वा अलग्गिनु, चिन्तित देखिनु,सामाजिक रुपमा समस्या ल्याउने कार्य तिर आकर्सित हुनु, सामाजिक कौशलतामा कमी आउनु इत्यादी।
कारणहरु
यसमा जेनेटिक्स, आघात, दुरुपयोगको भूमिका हुने गरेको देखिन्छ । पुरुषमा यो समस्या बढी देखिने गर्दछ र केही किसिमका रासायनिक असंतुलनले पनि यसमा भूमिका खेल्ने देखिएको छ। यसका साथसाथै बिभिन्न मानसिक समस्याहरु डिप्रेसन, जुनूनी बाध्यकारी डिसअर्डरमा पनि यो अव्यवस्था देखिने गर्दछ।
उपचार
यो अव्यवस्था समाधान गर्न चिकित्सकको सल्लाह अनुसार विरामी अगाडि बढ्नुपर्ने हुन्छ। समस्या अनुसार यसको उपचारका बिधीहरु प्रयोगमा ल्याइने गरिन्छ। प्रायजसो समाधानको लागि साइकोथेरापी, कगनिटिभ बिहेवियर थेरापी तथा औषधिको प्रयोग गरिने गर्दछ।