परिचय -
बच्चाहरुमा रोगको प्रकृति अनुसार विभिन्न प्रकारका शल्यक्रिया गर्ने गरिन्छ । जटिलताको आधारमा बालबालिकाहरुको शल्यक्रिया गर्ने गरिन्छ । विशेषगरी बच्चाको पेट, मृगौला, पिसाब फेर्ने ठाउँ, दिशा गर्ने ठाउँ, हर्निया लगायतको शल्यक्रिया गर्ने गरिन्छ । त्यस्ता शल्यक्रिया बढी मात्रामा दुरबिनको सहायताले गर्ने गरिन्छ । मेरो उपचार अनुभवमा धेरै छोरा बच्चाहरुमा हर्नियाको समस्या भएर आउने गरेको पाएको छु ।
धेरै छोरा बच्चाको अन्डा पेटमा हुन्छ। जन्मने बेलामा अन्डकोशमा ओर्लने हुन्छ। धेरैमा त्यो बन्द हुन्छ। तर १.२ प्रतिशतमा बन्द नहुने भएकाले यहाँबाट पेटको पानी, जाली बोसो वा आन्द्रा अन्डकोशमा आउने समस्यालाई हर्निया भनिन्छ।यस्तो समस्यामा दुरबिनको सहायताले गरिने शल्यक्रिया प्रभावकारी मानिन्छ ।
यो बाहेक बच्चामा पेट दुख्ने, मृगौलाको समस्या र दिशा र पिसा फेर्ने ठाउँको समस्या, बच्चाको आन्द्रामा हुने समस्याको शल्यक्रिया पनि दुरबिनको सहायताले गर्दाे प्रभावकारी हुन्छ । यस प्रविधिबाट गरिने शल्यक्रिया चिरेर गरिने शल्यक्रिया भन्दा केही महँगो भने छ । यसका लागी प्रयोग हुने यन्त्र उपकरण पनि केही महँगो हुने भएकोले यस प्रकारको शल्यक्रिया महँगो भएको हो । इशान बाल तथा महिला अस्पतालमा भने चिरेर र दुरबिनबाट गरिने बाल शल्यक्रियाको लागत उस्तै उस्तै नै छ ।
दुरबिनबाट गरिने शल्यक्रियाका फाइदाहरु
दुखाई कम हुने ।
रगत कम बग्ने ।
घाउ छिटो निको हुने ।
अस्पतालमा धेरै समय बस्नु नपर्ने ।
बिरामीलाई शारीरिक तथा मानसिक तनाव कम हुने ।
चिरेर गरिने शल्यक्रिया भन्दा किन प्रभावकारी
पुरानो प्रविधीबाट शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पारेर समस्या देखिएको अंगको माथिल्लो भागमा १० सेन्टीमिटर चिरिन्छ । छालाको २र३ तह चिर्नुपर्ने हुन्छ । तर, दुरबिनको सहायताले शल्यक्रिया गर्दा एकसेन्टीमिटरको सानो प्वाल पारी दुरबिन छिराई सम्बन्धीत स्थानको अबस्था हेरिन्छ र आधा आधा सेन्टीमिटरका प्वाल पारी आवश्यक औजारको सहायताले शल्यक्रिया गरिन्छ ।
यो प्रविधी निकै प्रभावकारी भए पनि नेपालको सन्दर्भमा भने यसबारे केही भ्रम छन् । महंगो छ, रोग निदन हुन लामो समय लाग्छ, एकपटक रोग निको भएपनि दोहोरिन्छ भन्ने धेरैमा भ्रम छ । तर, त्यसो होइन ।यो पुरानो पद्धतिबाट शल्यक्रिया गरे जत्तिनै मात्र पैसा लाग्छ । रोग पनि छिटो निको हुन्छ । हरेक दृष्टिले यो उपचार पद्धति उत्कृष्ठ छ ।