एजेन्सी । मौसममा खानपानमा विशेष ध्यान दिन आवश्यक छ। खानपानमा विशेष ध्यान नपुर्याउँदा बिरामी हुने जोखिम बढी हुन्छ। गर्मी सिजनमा हाम्रो पाचन प्रणाली पनि कमजोर बनेको हुन्छ। जसकारण ताजा र हल्का खाना खानु आवश्यक हुन्छ।
गर्मीमा स्वस्थ र ताजा तरकारी खानुस् जसलाई तपाईंको शरीरले सहजै पचाउन सकोस् र शरीरलाई आवश्यक भिटामिन मिलोस्। यी तरकारीको सेवन गर्नुस्(
हरियो सिमी
हरियो सिमीमा पर्याप्त फाइबर हुन्छ। यसमा भिटामिन ‘के’ पाइन्छ जो हड्डीको लागि राम्रो मानिन्छ।
भेडे खुर्सानी
हरियो, रातो र पहेँलो भेडे खुर्सानी पोषक तत्वले भरिपूर्ण हुन्छ। यसले मेटाबोलिज्म र पाचनमा सुधार ल्याउँछ।
काक्रा
काक्रामा एन्टिअक्सिडेन्ट हुन्छ। साथै यसमा पर्याप्त मात्रामा भिटामिन ‘के’ र ‘सी’ पाइन्छ। यसले शरीरलाई हाइड्रेटड बनाइराख्छ।
टमाटर
टमाटरले शरीरमा पानीको कमी हुन दिँदैन। यसमा लाइकोपिन हुन्छ जसले धेरै प्रकारका रोग लाग्नबाट हामीलाई बचाउने गर्छ।
फर्सी
फर्सीमा पर्याप्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ। यसले हाम्रो शरीरको इम्युन सिस्टमलाई बलियो बनाउँछ। यसको एन्टिअक्सिडेन्टले शरीरलाई चिसो बनाइराख्छ।
लौका
लौकामा पर्याप्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डीलाई बलियो बनाउँछ। यसले पेटका धेरै समस्यालाई टाढा भगाउँछ।
करेला
मुटु र पेटका लागि करेलाको जुस निकै लाभदायका हुन्छ। यसमा क्याल्सियम, भिटामिन ‘सी’ र आइरन पाइन्छ।
हरियो साग
हरियो साग गर्मीका लागि बेस्ट मानिन्छ। पालङ्गो, चौलाई र पुदिना गर्मीमा लाभदायक हुन्छ। यसमा फोलेट र पानीको मात्रा बढी हुन्छ। कब्जियत भएकाहरुको समस्यामा पनि हरियो साग राम्रो मानिन्छ। यसले पाचन प्रणालीलाई पनि मजबुत बनाउँछ।