काठमाडौं । प्रायजसो सबैको घरमा सजिलै पाइने घ्युकुमारी एक जडीबुटी हो । यसलाई आयुर्वेदिक औषधीका रूपमा लिइन्छ । यो स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।
घ्युकुमारी विभिन्न रोगहरूका लागि औषधीको रूपमा काम गर्छ । घ्युकुमारी सेवन गर्नु मानव स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यसको सेवन गर्दा हुने लाभहरू निम्न छन् ।
– दैनिक रूपमा घ्युकुमारी सेवन गर्दा यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ ।
– घ्युकुमारीको जुस खाँदा रक्तसञ्चार सुचारु हुन्छ र कोलेस्ट्रोलको समस्या बढ्न पाउँदैन ।
– शरीरका कोष तथा कोशिका बिग्रिएको भए यसको जुसले पूर्ववत् अवस्थामा ल्याउँछ ।
– घ्युकुमारी पानीमा मिसाएर खाँदा कब्जियत र दिसा नलाग्ने समस्याबाट मुक्ति पाइन्छ ।
– अपच हुने र ग्याँस फर्मेसनका कारण पेट र छाती दुखेमा घ्युकुमारी खाँदा ठिक हुन्छ ।
– यसको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्छ ।
– घ्युकुमारीको सेवनले गर्भाशयको रोग, पेटको खराबी, त्वचाको समस्याका साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी हुनबाट बचाउँछ ।
– यसको दैनिक सेवनले अनुहारको सौन्दर्य बढाउनुका साथै कपाल पनि बलियो बनाउँछ ।
– शरीरको कुनै भाग आगोले पोलेमा, काटेमा यसको रस निकालेर लगाउनाले घाउ निको हुनुका साथै आराम मिल्छ ।
– अनुहार लगायत शरीरको कुनै पनि भागमा गाढा दाग छ भने दिनहुँ घ्युकुमारी लगाउने दाग हराउँदै जान्छ ।
– आँखा वरिपरिको डार्क सर्कल पनि घ्युकुमारी नियमित लगाउनाले हराउँछ ।