काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० शय्याको मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न विभिन्न १३ अस्पताललाई परिपत्र गरेको छ । १० शय्या सहित सेवा सुरु गर्न भनिएपनि कतिपय अस्पतालको पुरानो भौतिक संरचना र स्थान अभावका कारण समस्या सर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणिन्द्र बरालले बताए।
‘१३ अस्पतालमा सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयबाट करिब एक महिनाअघि परिपत्र भइसक्यो। कति अस्पतालले सुरु गर्न थालेका छन्। कतिको स्थान नै छैन। सेवा सुरु गर्न बजेट पठाएपनि ठाउँ नै छैन।’ उनले भने, ‘अब यो सेवा सुरु गर्न की नयाँ निर्माण गर्नुप¥यो। तर यो कार्यक्रमले नयाँ भवन बनाउनु भन्दैन। भएको संरचनामा शय्या थपेर सेवा सञ्चालन गर्नु भन्छ।’
मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन हुने अस्पतालहरुको सूचीः
१. मेची अस्पताल, भद्रपुर झापा
२. कोशी अस्पताल, विराटनगर कोशी
३. राजविराज अस्पताल, सप्तरी
४. जनकपुर अस्पताल, धनुषा
५. वीरगञज अस्पताल, पर्सा
६. हेटौडा अस्पताल, मकवानपुर
७. बागलुङ अस्पताल, बागलुङ
८. लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रुपन्देही
९. तुलसीपुर अस्पताल, दाङ
१०. भेरी अस्पताल नेपालगञ्ज बाँके
११. सुर्खेत अस्पताल, सुर्खेत
१२. सेती अस्पताल, धनगढी कैलाली
१३. डडेल्धुरा अस्पताल, डडेल्धुरा