काठमाडौं । पेल्भिक इन्फ्लामेटोरी डिजिज (पिआइडी)महिलामा मात्र लाग्ने एक किसिमको रोग हो । यो रोग महिलाको यौनांगमा किटाणुको संक्रमणले लाग्ने गर्छ। महिलाले आफ्नो शरीर स्वस्थ्य नराख्दा यो रोग लाग्ने गर्छ । यो रोगले संक्रमण गर्दा महिलाको तल्लोपेट दुख्ने, ढाड दुख्ने, गनाउने फोहोर पानी बग्ने र यौनांग चिलाउने लक्षण देखिन्छन्।
पिआइडी १८ वर्षदेखि ४५ वर्षसम्मका महिलालाई लाग्ने गर्छ । वर्तमान अवस्थामा ११ वर्षको उमेरबाट बालिकाहरू महिनावारी हुने हुनाले साना उमेर समूहका बालिकाले यस रोगबाट बच्न सतर्क हुनुपर्छ। नेपालमा यस किसिमको रोगलाई साधारण रोगको रूपमा हेरिन्छ । स्त्री रोग विशेषज्ञकोमा उपचारका लागि आउने चार जना बिरामी महिलामध्ये दुई जना महिलालाई यस रोगले समातेको हुन्छ।
महिलाले आफ्नो स्वास्थ्यमा विचार नपुर्याउँदा पिआइडी लाग्छ । कति महिलाले यस किसिमको रोगभित्र यौनांग चिलाउने समस्याबाट ग्रसित हुनुपरेको छ । आफ्नो शरीर कसरी स्वस्थ्य राख्ने भन्ने कुरामा महिलाले ध्यान नपुर्याउँदा यौनांग चिलाउने र गनाउने फोहोर पानी बग्ने, ढाड र तल्लो पेट दुख्ने हुन्छ । यौनांगमा साबुन र डिटोलको प्रयोग गर्नु हुँदैन ।
हरेक मानिसमा ज्ञान हुनुपर्छ कि यौनांगमा साबुन र डिटोलको प्रयोग कहिले गर्नु हुँदैन । यौनांगको सफा शुद्ध पानीले गर्नुपर्ने स्त्री तथ प्रसूती रोग विशेषज्ञ डा.रंगीना लाईकङबम मानिसले मुखमा साबुन र डिटोलको प्रयोग गर्नु हुँदैन । गरेमा साबुन वा डिटोलले पोल्छ । त्यसै गरी यौनांगको मासु कोमल हुन्छ ।
साबुन वा डिटोलको प्रयोग गर्दा यौनांग पोली घाउ हुन सक्छ । बजारमा यौनांग सफा गर्ने विभिन्न औषधि पाइन्छन् । बजारमा आएका औषधि सही रूपमा मात्र प्रयोग गर्न सकिन्छ । होइन भने विनाचिकित्सकको सल्लाह यौनांगमा कुनै किसिमको औषधि प्रयोग गर्नु हुँदैन । यौनांग चिलाउने, गनाउने फोहोर पानी बग्ने, तल्लो पेट दुख्ने र ढाड दुख्ने महिलाले शरीरमा सुतीको कपडा मात्र प्रयोग गर्नु राम्रो मानिन्छ ।
विभिन्न जातका कपडा महिलाले प्रयोग गर्दा त्यहाँबाट पनि पिआइडी संक्रमण हुने गर्छ, डा.रंगीनाले भनिन् । महिनावारीको समयमा महिलाले आफू र आफ्नो शरीरलाई धेरै सफा राख्नुपर्ने हुन्छ । महिनावारीको समयमा महिलाले अन्य समयभन्दा बढी शरीर सफा राख्नुपर्ने हुन्छ । महिनावारीको समयमा महिलाले प्याड प्रयोग गर्नु उत्तम मानिन्छ ।
कपडा प्रयोग गर्दा महिलामा विभिन्न संक्रमण देखिने बढी सम्भावना हुन्छ । महिनावारीको समय रगत भए पनि नभए पनि महिलाले दिनमा तीनदेखि चारपटक प्याड फेरी नै रहनुपर्ने हुन्छ । घण्टाको हिसाबमा भन्ने हो भने तीनदेखि चार घण्टामा महिलाले नयाँ प्याड परिवर्तन गर्नु नै पर्छ । जति लामो समय एउटै प्याडको प्रयोग महिलाले गर्छन् त्यति नै संक्रमणको खतरा बढ्छ ।
पिआइडी हुने महिलाले सकेसम्म सार्वजनिक शौचालय प्रयोग गर्नु हुँदैन । सार्वजनिक शौचालयको कमोडबाट रोग उत्पन्न हुने धेरै सम्भावना हुन्छ। कमोडमा कसैको पिसाब लागेको रहेछ भने त्यसबाट पनि संक्रमण धेरै बढ्ने सम्भावना हुन्छ, डा.रंगीना बताउँछिन्। पिआइडी विशेष गरी विवाहित महिलामा बढी हुने गरेको छ।
महिलाले असुरक्षित सम्बन्ध राखेमा त्यसबाट पनि संक्रमण भित्रिन्छ । यस रोगबाट बच्ने हो भने हरेकपटक महिला अथवा पुरुषले सम्बन्ध राख्दा अस्थायी साधनको रूपमा कण्डम प्रयोग गर्नु नै पर्ने हुन्छ । अस्थायी साधनले शारीरिक सम्बन्ध राख्दा संक्रमण केही मात्रामा मात्र हुन्छ । अस्थायी साधन प्रयोग गरी शारीरिक सम्बन्ध राख्दा महिलाको पाठेघरमा घाउ हुने सम्भावना निकै कम हुन्छ ।
बच्चा जन्माउने इच्छा नभएसम्म महिलाले संक्रमणबाट बच्न अस्थायी साधनको प्रयोग गर्नुपर्छ । यदी कोही महिलाले सानै उमेरदेखि आफ्नो स्वास्थ्यको ख्याल गर्छन् भने उनीहरूमा पिआइडी हुँदैन । ७५ प्रतिशत महिलामा अस्थायी साधन प्रयोग गरी शारीरिक सम्बन्ध राख्दा पिआइडी हुने सम्भावना हुँदैन । विदेशी मुलुकमा सानो रोग लाग्ने बित्तिकै महिलाहरू उपचारका लागि अस्पताल जाने गर्छन् ।
तर, नेपालका महिला भने उपचार गराउने क्रममा पछि नै परेका छन् । नेपाली महिला रोगले पूरै नच्यापुन्जेलसम्म अस्पताल जाँदैैनन् । त्यसैले नेपालमा सानो रोगबाट बढी महिला पीडित हुने गर्छन् । रातभरि शरीर दुख्ने, चिलाउने, सुत्न नसक्ने भएपछि मात्र नेपाली महिला अस्पताल आउँछन् । रोगले ग्रस्त पारेपछि अस्पताल आउने परम्पराले महिलाहरू बढी संक्रमणको सिकार हुन पुगेका हुन्छन् ।
४५ वर्ष उमेर ढल्केका महिलाले ६्र६ महिनाको फरकमा आफ्नो शरीर जचाउनुपर्ने हुन्छ । नेपालको महिलामा बढी समस्या के छ भने उनीहरू घरको काम भ्याउँछन् । तर, शरीर जँचाउन भने कहिल्यै पनि भ्याउँदैनन् । रोगले ग्रस्त पारी पाठेघरमा घाउ भएपछि मात्र नेपाली महिला अस्पताल आउँछन् ।
पाठेघरमा घाउ बोकी महिला उपचारका लागि अस्पताल आउँदा उनीहरूको रोग निवारण गर्न धेरै ग्राहो हुन्छ । बिरामी महिला स्वयंलाई पनि उनीहरूको दैनिक जीवनमा गाह्रो परेको हुन्छ । पिआइडीले बाँझोपन गराउने सम्भावना धेरै हुन्छ।
महिलाको बच्चा पाठेघर र ट्युबमा बस्छ। पाठेघरमा घाउ हुँदा पाठेघरको मुखबाट भित्र गएर ट्युबमा संक्रमण गराउँछ ।ट्युबमा संक्रमण भएपछि ट्युब ब्लक हुन्छ । ट्युब ब्लक भएपछि बच्चा बस्दैन । यदि, ट्युब फुट्यो भने रगत बग्ने र बाँझोपन हुने हुन्छ । ट्युब फुट्दा अप्रेसन गर्नुपर्छ वा ट्युब काटेर फ्याल्नुपर्ने हुन्छ।
महिलाको अंगबाट संक्रमण फैली पाठेघर हुँदै ट्युबसम्म पुग्छ । ट्युबमा साधारण समस्या पर्दा त्यसलाई निराकरण गर्न सकिन्छ । तर, पूरै ट्युबमा समस्या भयो भने बाँझोपन हुन्छ । कोही महिलाको बच्चा टयुबमा पनि बस्छ । यदि, पाठेघरमा बच्चा विकास भएन भने ट्युबमा बच्चा जान्छ । अनि यदि ट्युबमा घाउ भयो भने ट्युब फुटी महिलाको ज्यानसमेत जान्छ । महिलाले संक्रमण नियन्त्रण गर्दा बाँझोपन हुने सम्भावना हुँदैन।