काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को चिकित्सा शिक्षा संघर्ष समितिले समय अवधि नपुगी नियमित परीक्षा दिन नपाएका विद्यार्थीलाई आगामी हुने तेस्रो वर्षको पुरक परीक्षामा सहभागी गराउन र त्यसपछि नियमितसरह परीक्षा सञ्चालन गरिने निर्णय गर्न माग गरेका छन्।
समितिले विज्ञप्ति प्रकाशित गरी विद्यार्थीका माग पूरा नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
आइओएम प्रथम वर्षको परीक्षा न्युनतम चार पटक र दोस्रो वर्षको परीक्षा दुई पटक दिएपछि अनुत्तीर्ण भएमात्रै ब्याच ड्रप हुने व्यवस्था रहेकोमा प्रथम वर्षको चौथो परीक्षाको परीक्षाफल ढिला प्रकाशित हुँदा मर्का परेको उनीहरुको भनाइ छ।
नतिजा ढिला प्रकाशित हुँदा त्यस्ता विद्यार्थी तेस्रो वर्षमा अध्ययनरत नै हुने र परीक्षा अनुत्तीर्ण भएमामात्रै ब्याच ड्रप हुने व्यवस्था प्रचलित रहेकोमा यसलाई अझ खुकुलो बनाउनुको साटो विद्यार्थीको अहित हुने गरी निर्णय गरिएकोमा विरोध जनाइएको छ।
काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को चिकित्सा शिक्षा संघर्ष समितिले समय अवधि नपुगी नियमित परीक्षा दिन नपाएका विद्यार्थीलाई आगामी हुने तेस्रो वर्षको पुरक परीक्षामा सहभागी गराउन र त्यसपछि नियमितसरह परीक्षा सञ्चालन गरिने निर्णय गर्न माग गरेका छन्।समितिले विज्ञप्ति प्रकाशित गरी विद्यार्थीका माग पूरा नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।