धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मेरुदण्डको सफल शल्यक्रिया हुन थालेको छ। एक वर्षअघि प्रदेशको राजधानी धनगढीमा रहेको निसर्ग अस्पतालले मेरुदण्डको शल्यक्रिया सुरु गरेको थियो।
देशमै पहिलो पटक एकवर्ष पहिले निसर्गमा मेरुदण्डको सफल शल्यक्रिया भएको थियो। अहिले त्यो सेवा सेती प्रादेशिक अस्पतालसहित धनगढीका अन्य केही अस्पतालमा समेत शल्यक्रिया हुन थालेको छ।
धनगढीमै मेरुदण्डको सफल शल्यक्रिया हुन थालेपछि यस प्रदेशका जनतालाई सहज भएको छ। पहिले यो सेवा नुहदाँ नेपालगंज, काठमाण्डौँ लगायतका अन्य शहरमा जानुपर्ने बाध्यता थियो।
भिरपाखामा कामगर्दा रुख बिरुवा काट्दा लडेर यस क्षेत्रका थुप्रै नागरिकले मेरुदण्ड गुमाउनु परिरहेको बेला आफ्नै प्रदेशमा उपचार पाँउदा केही सहजका साथै उपचार खर्च समेत कम लाग्ने गरेको छ।
सुदूर पहाडका नागरिकलाई सेवा लिन जाँदा उपचार खर्च पनि बढी लाग्ने र समय पनि बढी लाग्ने भएका कारण सास्ती भोग्नु परिरहेको थियो। एक त समयमा उपचारका लागि पालो नपाईने पालो पाए पनि खर्च बढी लाग्ने गरेको थियो।
हल त्यस्तो समयमा बाट यस क्षेत्रका नागरिकले सहजता पाएको निसर्ग अस्पतालका अर्थोपेडिक सर्जन डाक्टर ओमकार बिष्टले बताए। हामीले सर्भसुलभ दरमा यस प्रदेशकानागरिकलाई मेरुण्डका साथै अन्य अर्थोपेडिक सेवादिईरहेका छौँ उनले भने।
गर्धनदेखि कम्मर सम्मको हड्डी भाँचिएका बिरामीहरूको सफल शल्यक्रिया आफ्नो टिमले दिईरहेको डाक्टर बिष्टले बताए। मेरुदण्ड मानव शरीको महत्वपूर्ण अंग भएकाले पनि यसको विशेष ख्याल राख्नुपर्ने उनको भनाई छ।
केहीबर्ष पहिला सम्म मेरूदण्डको हड्डीभाँचिएका बिरामीहरू नेपालगन्ज, काठमाडौं या भारततिर जानुपर्ने बाध्यता थियो डाक्टर बिष्टले भने पछिल्लो एक वर्षदेखि नियमित रूपमा गरेर सेवा दिन पाउँदा हामी एकदमै खुशी छौं।
मेरुदण्डको हड्डी भाँचिएका बिरामीलाई टाढासम्म पुर्याउँदा झन जटिलता बढेर निको हुनसक्ने बिरामीहरूमा समेत प्यारालाइसिस् हुने सम्भावना बढी भएको उनको भनाई छ।
बिरामीले एकपल्ट शल्यक्रिया भैसकेपछि समय समयमा चेकजाँच गराउने पर्ने हुन्छ त्यस्तो बेला टाढा जानुपर्दा झन जटिल हुने सम्भावनाहुन्थ्यो अब सुदूरपश्चिममै त्यसको उपचार हुदाँ यस क्षेत्रका नागरिकलाई सहजता मिलेको अर्का अर्थोपेडिक सर्जन डाक्टर श्रीराम खातीले बताए।
निर्सज अस्पतालमा एक बर्षको अवधिमा ५० बढी मेरुदण्डको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ। यसको शल्यक्रियको खर्च बिरामीको प्रकृती हेरेर १ लाख ५० हजार देखि २ लाख ५० हजार सम्मलाग्ने गरेको अस्पताल श्रोतले बताएको छ।
निर्सग अस्पतालमा मरेदण्डको शल्यक्रिया न्युरोसर्जन डा सुरेश सापकोटा, अर्थोपेडिक सर्जनद्धय डा श्रीराम खाती र डा ओमकार बिष्ट, एनेस्थेसियोलोजिष्टद्धय डा हेमन्त ओझा र डाक्टर सुनिल भटृको टीमले सेवा प्रदान गरिरहेको छ।