काठमाडौं । कुर्कुच्चा दुख्ने समस्यालाई प्लान्टर फासिआइटिस (Planter Fasciitis) भनिन्छ । कुर्कुच्चा देखी बुढी आउँला सम्म एक प्रकारको मासुको झिल्ली (Planter Fasciitis) हुन्छ, त्यो सुन्निएर दुखाइ हुन जान्छ ।
जसकारण बिहान उठ्ने बित्तिकै खुट्टा टेक्ने बेलामा कुर्कुच्चामा सुइयोले रोपेको जसरी अत्यधिक दुखाइ हुन्छ । केही बेरको हिडेपछि नै दुखेको अनुभव हुन्छ ,भने केही समय एकै ठाउँमा बस्दा पनि दुखेको अनुभव गर्न सकिन्छ । प्राय शरीरको तौल सामान्य भन्दा बढी भएका मानिसहरुमा यस प्रकारको समस्या देखिने गर्छ ।
कस्ता व्यक्तिमा यस्तो समस्या देखा पर्छ ?
-धेरै जसो महिलाहरुमा कुर्कुच्चाको दुखाई हुन्छ ।
-प्राय ३०- ६० बर्ष उमेर समूहमा यस्तो समस्या देखिन्छ ।
-कुर्कुच्चामा बढी जोड पर्ने काम गर्दा ,जस्तै ब्याले नाच, लामो दौड, शारिरिक बनावोट को कारण,तथा फ्लाट फूट भएकाहरु र बाथ रोगका बिरामीमा यस्तो समस्या बढी मात्रामा देखा पर्छ।
-अनावश्यक मात्रामा तौल बढ्दा यस्तो समस्या देखा पर्छ।
- शारीरिक परिश्रम नगर्ने व्यक्तिहरुमा यस्तो समस्या बढी मात्रामा देखिन्छ।
-ठुला हिल तथा स्यान्डल लगाउनेहरुमा यस्तो समस्या देखिन्छ।
लामो समय सम्म कुर्कुच्चा दुख्ने समस्याका कारण गोडा,घुँडा तथा ढाड दुख्ने समस्या समेत आउने गर्छ । समयमा नै यसको उपचारमा जाँदा खासै महँगो परीक्षण गर्नुपर्ने हुँदैन । बिरामीमा देखा परेको लक्षणका आधारमा चिकित्सकले सजिलै रोग पत्ता लगाउन सक्छन् । उपचारका क्रममा खुट्टाको X-ray समेत गरेर हेरिन्छ । यस खालको समस्या अरु रोगहरुमा पनि देखिने हुँदा ढाडको MRI गर्नुपर्ने हुन्छ।
उपचार:
-९० % यो रोगका बिरामीहरु फिजियोथेरापी गरेर निको हुने गर्छन्, त्यसैले नियमित फिजियोथेरापी गर्नुपर्दछ ।
-कुर्कुच्चामा चिसो ,बरफ (Ice) ले सेक्ने।
-चिकित्सकको सुझाब अनुसार दुखाइ कम गर्ने औषधीहरु प्रयोग गर्ने ।
-सजिला जुत्ताको प्रयोग , जुत्तामा सिलिकोन सोल हालेर पनि लगाउन सकिन्छ।
-राती सुत्ने बेलामा खुट्टामा (Ice) लगाएर सुतेमा त्यस्ले Planter Fascia लाई तन्काएर राख्दछ जस्ले गर्दा कुर्कुच्चा को दुखाइमा कमी हुन्छ।
-यदी लामो समय दुखाइ कम नभए कुर्कुच्चामा सुईं पनि लगाउन सकिन्छ । कुनै बिरामीहरुमा भने शल्यक्रिया समेत गर्नुपर्ने अवस्था आउन सक्छ।
-लामो समय एउटै स्थानमा नउभिने।
-बिरामीहरुलाई बाथ रोगका कारण पनि यस प्रकारको दुखाइ भने हुनसक्छ । लामो समयसम्म दुखाइ भएकाहरुले बाथ रोगका चिकित्सकसँग परमर्श गर्नु राम्रो हुन्छ।