एजेन्सी । सुरक्षित यौनसम्बन्धको लागि, सुरक्षित सामग्रीको प्रयोगमा ध्यान दिइन्छ । तर, यति गर्दा गर्दै पनि यौनसम्पर्कको क्रममा कण्डम फुट्ने गर्दछ । जसका कारण यौनजीवनको आनन्द लिन गाह्रो हुन्छ । यौनसम्पर्कको बेलामा कण्डम फुट्ने धेरै कारणहरू छन् ।
एकै समयमा दुई कण्डमको प्रयोग गर्दा
यौनसम्पर्कको समयमा दुई कन्डमको प्रयोग गर्नु ठूलो गल्ती हुन सक्छ । कण्डमलाई एक पटकमा एउटा मात्र प्रयोग गर्ने गरी डिजाइन गरिएको हुन्छ । जब दुई वटा कण्डमलाई एकैपल्ट प्रयोग गर्दा घर्षणका कारण बिग्रन्छ र क्षति हने सम्भावना बढी हुन्छ ।
कण्डमलाई चिसोमा भण्डार गर्दा
यिनीहरूलाई प्रत्यक्ष सूर्यको लाइटबाट जोगाउनुपर्दछ । साथै, यसलाई धेरै चिसो ठाउँमा राख्नुपर्दछ ।
तेलयुक्त ल्युबको प्रयोग नगर्नुहोस्
भेसलिन, नरिवलको तेल वा कुनै पनि लोसनलाई लुब्रिकेन्टको रूपमा प्रयोग नगर्नुहोस् । यसको प्रयोगले कण्डम फुट्न सक्छ।
सही साइजको छनोट
सही अनुभवको लागि कण्डमको सहि साइज हुनु अति महत्वपूर्ण छ । यदि, तपाईं यसको फिटिंगमा असहज महसुस गर्नुहुन्छ भने, आफ्नो पार्टनरसँगको आनन्द लिन सक्नुहुन्न । साथै, फिट नहुने कण्डम फुट्ने सम्भावना पनि धेरै हुन्छ ।
कण्डम लगाउने सही तरिका
कण्डमको प्रयोगमा गल्ती हुँदा पनि कण्डम फुट्ने सम्भावना बढी हुन्छ । त्यसैले, कण्डमलाई सही तरिकाबाट लगाउनु आवश्यक पर्दछ ।