-डा.सबरी साह
काठमाडौं- हाल २१ औँ शताब्दिमा मानिसहरुको व्यस्त तथा आरामदायी जीवनशैली , कृत्रिम आहार एंव कृत्रीम पेय पदार्थले एसिड र सुगरको मात्रा बढि गराउँछ ।
प्रकृतिको विरुद्ध आहार एवं जीवनयापन, दिनप्रति दिन बढ्दै गईरहेको छ । विरुद्ध आहार भनेको यस्तो आहार हो जुन दुई वा दुई भन्दा बढि खाने वस्तुहरु एक साथ मिसाएर खाँदा शरिरमा एक किसिमको बिषको काम गर्दछ । जस्तै दुध र माछा, दहि र प्याज, एकसाथ खान हुदैँन ।
जसको कारण अल्पायुमै मृत्यु हुनसक्छ । वा शरीरको महत्वपूर्ण अंगहरु मस्तिस्क, मुटु, मृगौला आदिमा दीर्घकालीन प्रभाव पर्छ । जसको कारण सम्बन्धित अंगपूर्ण रुपमा वा आंशिक रुपमा काम नलाग्ने हुन्छ ।
अल्छीपना जीवनशैली, विज्ञानद्धारा विकसित विभिन्न प्रविधिसँगको प्रागाढ मित्रता सामाजिक संजालमा रमाउने मनोवृतिले शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य दुवैलाई कल्पना नगर्न सकिने आक्रान्त बनाइरहे पनि हामी नेपाली जनचेतनाको अभावमा अनविज्ञ छौँ ।
व्यवहारिक रुपमा धेरैजसो मानिसहरुमा यो स्पष्ट रुपमा हेर्न सकिन्छ । जुन मानिस आफ्नो जीवनशैली तथा खानपिन वा अन्य चीजहरुमा परिवर्तन गर्न चाहदैन्न । उनीहरुमा नसर्ने रोगहरु मधुमेह, उच्चरक्तचाप, क्यान्सर थाइरोइड आदि रोगहरु अत्यन्त कम उमेरमा लाग्छ ।
उनीहरुमा औषधिको मात्रा प्रत्येक २ / ४ वर्षमा क्रमश बढ्दै जान्छ । जुन शरीरको लागी घातक हुन्छ । र मृत्युको मुख सम्म पुर्याउन सक्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालको विभिन्न जिल्लाहरुमा गरेको सर्वेक्षण तथा विश्व स्वास्थ्य संगठनले नेपाल लगायत दक्षिण एशियाली मुलुकहरुमा गरेको सर्वेक्षणले अबको दश वर्षमा ८० प्रतिशत नेपालीहरुको नसर्ने रोगहरु जस्तै उच्चरक्तचाप, मुटुको रोग, मधुमेह,क्यान्सर आदि बाट मृत्यु हुने अनुमान गरेको छ । वर्तमान अवस्थामा नसर्ने रोगले नेपालीलाई शिकार बनाइरहेको छ । यो दिन प्रतिदिन औसत दरमा वृद्धि भइरहेको छ । यसले निकट भविष्यमा भयावह स्थितिको संकेत दिईसकेको छ ।
जीवनमा खानपिन, रहनसहन तथा मानव जीवनमा आयुर्वेदको महत्व वुझ्न सकेनौ र नेपाल सरकारले आयुर्वेद को महत्वलाई जबसम्म अंगीकार र संरक्षण गर्दैन, यसको संरक्षण र विकासलाई राष्ट्रिय महत्वको विषय मान्न आवश्यक छ । निकट भविष्यमा खाना भन्दा औषधि बढी खानु पर्ने अवस्थाको जीवनमा आयुर्वेदको महत्व र यसले खेल्ने भूमिकामा छलफल र वहस गर्नुपर्छ ।
आयुर्वेदको सिद्धान्त अनुसार जीवन जीउने शैली, ऋतु,ठाँउ, संस्कृति तथा वतावरणको अनुसार खानपानको महत्व, विरुद्ध आहारको मानवशरीरमा नकारात्मक प्रभाव आजीवन स्वास्थ्य रहने उपायहरु प्रति विश्वास र जनचेतना जगाउनु पर्छ । अन्यथा नसर्ने रोगको वृद्धिदर र त्यसबाट देखिने लक्षणलाई सामना गर्नको निम्ति अत्यधिक मात्रामा खाने गरिएको एलोपेथिक मेडिसिनको मानव शरीरमा हुने दुष्प्रभावहरुबाट जोगाउन असंम्भव हुनेछ ।
(लेखक वरिष्ठ कन्सलटेन्ट, आयुर्बेद विज्ञ हुन् । )