काठमाडौं । हरेक मौसममा कपालको स्याहार गर्न जरुरी हुन्छ । थोरै बेवास्ता गर्नाले पनि कपाल झर्ने, टुक्रिने, रुखो हुने र कपालको चमकमा कमी आउने गर्छ । यसले गर्दा मानिसको सौन्दर्य र व्यक्तित्वमा समेत नकारात्मक असर पर्छ । त्यस कारण हरेक समयमा कपालको स्याहार गर्न जरुरी हुन्छ । हाम्रो दैनिकी र व्यस्त जीवशैलीका कारण पनि कपालमा धेरै खालका समस्या देखिन्छ ।
कपालको स्याहार गर्नका लागि निम्न उपाय अपनाउनुहोस्
- स्टाइलिङ प्रोडक्ट प्रयोग गर्नु हुँदैन । कडाखालको रसायन मिसिएको स्याम्पुले केश ड्यामेज गर्छ । हेयर ड्रायरको प्रयोग पनि कम नै गर्नुपर्छ । यसबाट पनि केश सुख्खा तथा कमजोर हुन्छ । अल्कोहलयुक्त प्रोडक्ट प्रयोग गर्नु हुँदैन । स्ट्रेटनर्स वा हट आइरनबाट जोगिनुपर्छ । यसले पनि केशलाई सुख्खा बनाउँछ । त्यसकारण पनि सातामा एकपटक डिप कन्डिसनिङ ट्रिटमेट गराउनुपर्छ । यसले केशलाई हाइड्रेटेड राख्छ।
- प्रदुषणले पनि हाम्रो कपाललाई खराब बनाईरहेको छ । त्यसकारण पनि धुलो धुवाँबाट कपाललाई जोगाउन बाहिर निस्कदा ह्याट वा स्कार्फले केश कभर गर्नु उपयुक्त हुन्छ ।
- धेरैलाई चाँयाको समस्याले सताईरहेको छ । ड्राई कपाल हुनेहरुलाई बढि यो समस्या देखिन्छ । यो समस्याबाट जोगिन कागतीको रसमा नरिवलको तेल मिसाएर स्काल्पमा १०–१५ मिनेटसम्म मालिस गरेर आधा घन्टापछि स्याम्पूले पखाल्नुपर्छ । यसका साथै कागतीको रस तथा दही मिसाएर बनाएको पेस्ट कपालमा लगाएर ४५ मिनेटपछि चिसो पानीले कपाल धुनुपर्छ । दहीले स्काल्प सफा गर्छ भने कागतीले चायाँ तथा मृत छाला हटाउने काम गर्छ ।
- कपालमा पोशनको कमीले पनि धेरै समस्या देखिन्छ । कपालको पोशनको लागि एक गिलास काँचो दूधमा एक चिया चम्चा मह मिसाएर केशको जरादेखि टुप्पासम्म लगाएर २५ मिनेटपछि मनतातो पानीले स्याम्पु गर्दा केशले पोषण प्राप्त गर्छ ।
- नरिवलको क्रिमलाई हल्का तताउने । त्यसलाई केशको जरादेखि टुप्पासम्म हल्का हातले मालिस गर्ने । तातो तौलियाले केश बेरेर एक घन्टाजति छोड्ने । त्यसपछि माइल्ड स्याम्पुले केश पखाल्ने । यसबाट केश चम्किलो देखिन्छ । त्यस्तै कपालको साइनिङको लागि मेथी पनि निकै उपयोगी हुन्छ । मेथीको दानालाई रातभरि भिजाएर राख्ने । बिहान त्यसलाई पिसेर केही थोपा तोरीको तेल मिसाई आधा घन्टासम्म मसाज गरेर मनतातो पानीले कपाल पखाल्नुपर्छ ।
- एलोबेरा जेलमा कागतीको रसको केही थोपा मिसाउने । यसमा एक चम्चा नरिवलको तेल वा ओलिभ आयल पनि हाल्ने । केशको जरादेखि टुप्पोसम्म राम्रोसँग दलेर आधा घन्टापछि स्याम्पु गरेर कपाल पखाल्नुपर्छ ।