कैलाली । टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले अस्पतालमा सर्वसुलभ, विषेशज्ञ सेवा सञ्चालन गर्ने बताएका छन्।उनले यस अस्पताललाई ग्रामिण जनताको अस्पताल बनाउने बताए। अध्यक्षको जिम्मेवारी समालेपछि आफूले अस्पतालबाट कसरी बढीभन्दा बढी बिरामीलाई सेवा उपलब्ध गराउन सकिन्छ भनेर गुरुयोजना बनाएर अघि बढ्ने उनको भनाइ छ।
२०४६ सालमा स्वास्थ्य चौकी, २०६३ मा स्वास्थ्य केन्द्र र २०७३ सालमा ५१ बेडको अस्पतालको स्वीकृति पाएको टीकापुर अस्पतालमा कर्मचारीसहित १७० जनशक्ति कार्यरत छन्। जिल्ला अस्पताल सरहको टीकापुर अस्पतालमा दशौं तह (मेसु) कार्यरत रहेका छन्। उनकै मातहतमा स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ।
अध्यक्ष सोडारीका अनुसार अस्पतालमा २४ सै घण्टा आपतकालीन सेवासहित अर्थोपेडिक, मेजर अप्रेसन, प्रसुती सेवा, ल्याब, सामाजिक इकाई, जनरल सेवा, बाल रोग, दन्त सेवा, आईसीयू, भिडियो एक्सरे, डिजिटल एक्सरे, इन्डोस्कोपी, क्षयरोग, खोप सेवा पनि सञ्चालनमा छन्। अस्पतालबाट दैनिक ५ सय भन्दा बढीले स्वास्थ्य सेवा लिइरहेका बताइएको छ।