काठमाडौं । हैजा दुषित पानी तथा किटाणुुका कारण मानिसमा सर्ने एक प्रकारको कडा रोग हो। यो रोग ‘भिब्रियो’ नामक जीवाणुको संक्रमणका कारण मानिसमा सर्ने गर्छ । यो संक्रमित बिरामीको दिसापिसाब र फोहोर पानीबाट मानिसमा सर्ने गर्छ।
हैजाको संक्रमण भएका बिरामीले समयमै उपचार नपाएको खण्डमा जटिलता सिर्जना भएर उसको ज्यानै पनि जान सक्ने चिकित्सकहरु बताउँछन्।त्यसैगरी, हैजाका कारण शरीरमा पानी कम भएर मृगौलासमेत फेल पनि हुन सक्छ ।
हैजाका लक्षणहरु
१. चौलानीजस्तो सेतो दिसा हुने
२. दिसा पानीजस्तो पातलो हुने ।
३. तारन्तार दिसा हुने ।
४· दुखाई रहित दिसा हुने ।
५· दिसा लागेकै कारण बिरामी चाँडै शिथिल हुने ।
६· दिसासँगै वान्तासमेत हुने ।
७· शरीरमा पानी कम हुने ।
८· खट्टा बाउँडिने ।
९· मुख सुक्ने ।
१०· तारन्तार दिसा लागेको केही घण्टामै आँखा गाढिने ।
११· छालाको तन्काई कम हुने इत्यादि ।
जोगिने उपायः
१· उमालेर मात्र पानी पिउने ।
२· साबुन पानीले राम्ररी हात धुने ।
३· फोहोर, झिंगा भन्केका तथा बासी खाना नखाने ।
४· हरिया सागपात तथा फलफूल राम्ररी धोएर तथा पखालेर मात्र खाने ।