काठमाडौं । गर्मीयाम शुरु भएसंगै बजारमा खरबुजाको व्यापार बढ्न थालेको छ। खर्भुजा गर्मिको मौसममा धेरैले मन पराउने फल पनि हो। हामीले फलफुल खाँदा त्यसका फाइदाको बारेमा जान्नु पनि उपयोगि हुन्छ ।
हामी धेरैले खरबुजा खाँदा त्यसको बियाँ फाल्ने गरेका छौँ। तर खरबुजाका बियाँ स्वास्थ्यका लागि धेरै फाईदाजनक मानिन्छ।
खरबुजाका बियाँमा अत्यधिक मात्रामा न्युट्रेसन, प्रोटिन र मिनरल्स पाइन्छ। जसले शरीरलाई स्वस्थ राख्नुका साथै विभिन्न रोग लाग्नबाट रोक्न मद्दत गर्दछ। जसका लागि खर्भुजा खाँदा यसका बियाँलाई राम्ररी चपाउनु पर्दछ।
खरबुजाका दाना फाइदाहरु
ब्लड प्रेसर
खरबुजाका बियाँको सेवनले ब्लड प्रेसरलाई नियन्त्रनमा राख्न मदत गर्दछ।
पाचन प्रणाली
खरबुजाको बियाँमा पाइने फाइवरले पाचन प्रणालीलाई स्वस्थ राख्न मदत गर्दछ। दानाको सेवन पाचनमा समस्या हुने व्यक्तिका लागि लाभदायक हुन्छ।
क्यान्सरको रोकथाम
खरबुजाका दानाले क्यान्सरको सम्भावनालाई कम गर्न मदत गर्दछ। खानाको कारण मानिसको शरीरमा उत्पन्न हुने अनावश्यक कोषको मात्रालाई नियन्त्रण गरी क्यान्सरको खतरा कम गर्छ।
हाडजोर्नी
धेरै मानिसहरुमा हात खुट्टाका जोर्नी दुख्ने समस्या हुन्छ। यसका बियाँको सेवनले गर्दा दानामा पाइने तत्वका कारण उक्त समस्या कम हुने गर्दछ।
मुटु रोग
मुटुका लागि खरबुजाको बियाँ लाभदायक हुन्छ। यसमा पाइने ल्याकोपिन नामक तत्वले मुटु रोग लाग्नबाट बचाउनुका साथै मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ।
स्नायू प्रणाली
यसमा पाइने भिटामीन ‘बी’ का कारण स्णायु प्रनालीलाई राम्रोसँग काम गर्न मदत गर्दछ।
मधुमेह
१ लिटर पानीमा केही खरबुजाका बियाँ करिव ४५ मिनेट उमालेर दैनिक रुपमा पिउनाले केही हदसम्ममा मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ।