काठमाडौं । समय अपुग हुने डरले होस् या सुरुदेखिको बानी नै किन नहोस् हामीमध्ये धेरैको बानी हतार हतार खाने हुन्छ ।एउटा नयाँ शोध अनुसार छिटो छिटो खाना खानाले मोटोपना बढ्ने बताएको छ ।
छिटोछिटो खानेकुरा खाँदा त्यो राम्ररी पच्न पाउँदैन । साथै सोधमा भनिएको छ, खाएको खानालाई शक्तिमा परिणत गर्ने मेटाबोलिक क्षमतामा कमी आउन सक्छ ।
मेटाबोलिक क्षमतामा ह्रास आएमा मधुमेह हुने, मोटापना, मुटु रोग पैदा हुने खतरा हुन्छ ।हतारहतार तथा छिटो छिटो खाना खाँदा शरीरको व्लड सुगरको लेभलमा अचानक तथा लगातार उतारचढाव हुन्छ, जसका कारण इन्सुलिन कम हुने सम्भावना बढेर जान्छ ।
छिटोछिटो खाना खानुहुन्छ र खाएको खाना नचपाई खानु हुन्छ भने तपाईलाई छातीपोल्ने वा एसिडिटीको समस्या हुनसक्छ । किनकी नपाईकन खाना खानाले पाचनको समस्या उत्पन्न हुन्छ ।जबकी त्यही खानेकुरा चपाएर विस्तारै खादा खाएको खाना सजिलै पच्छ र एसिडिटी हुन पाउदैन ।
खानालाई नचपाइकन सिधै निलेमा त्यस्ता खानेकुरा पच्न समय लाग्छ । साथै खानामा पाइने भिटामिन, मिनरल्स , एमिनो एसिड लगायतका तत्वलाई शरीरले अवशोषित गर्न सक्दैन ।
त्यसैले खानेकुरा सेवन गर्दा विस्तारै चपाई चपाई खानुपर्छ भनिएको छ । यसले गर्दा धेरै किसिमको लाभ मिल्छ ।
– आरामसित बसेर खाना खानाले सम्पूर्ण स्वास्थ्य ठीक रहनुका साथै अधिक मात्रामा खाने इच्छा समेत कम भएर जान्छ ।
– विस्तारै खानाले खाएको खाना राम्ररी पच्ने हुदाँ शरीरले पर्याप्त मात्रामा पौष्टिक तत्व समेत प्राप्त गर्ने गर्छ ।
– विस्तारै विस्तारै भोजन गर्नाले खानाको इच्छा कम भएर जान्छ ।
– पाएर खाएको खाना सजिलै पच्छ ।
– खानेकुरा चपाएर खानाले तथा विस्तारै खानाले अतिरिक्त खानाबाट बच्न सकिन्छ ।