एजेन्सी । कतिपय अवस्थामा हाम्रो काखीको रङ् अन्य छाला रङ जस्तो नभइ कालो हुने गर्छ । गर्मीमा मानिसहरू बाहुलाबिनाको लुगा लगाउन मन पराउने गर्छन् तर आफ्नो काखीको रङ कालो भएको कारण त्यस्ता कपडाहरू लगाउन सक्दैनन् ।
प्रायः अवस्थामा कुनै गम्भीर कारणले यो समस्या निम्तने होइन । काखी मुनु कालो हुनु वा डार्क अन्डरहर्म हुनु एक छालाको अवस्था हो, जसलाई एक्यान्थोसिस निग्रिकन्स भनिन्छ । यसबाट कतिपय ठाउँको छाला निकै कालो र टाइट हुन थाल्छ ।
काखीमुनि बाहेक घाँटीको पछाडि, पेट र तिघ्राको बीचमा, कुहिना तथा घुँडाको छाला कालो हुन थाल्छ । यी ठाउँहरूमा चिलाउने र गन्धको समस्या पनि हुन सक्छ । के तपाईंको काखी कालो छ रु वा काखीको कालो रङ पहिलेभन्दा बढ्दै गइरहेको छ रु यसो हो भने यो शरीरका लागि राम्रो सङ्केत होइन । यो विभिन्न कारणले भएको वा कुनै गम्भीर रोगको सङ्केत हुनसक्छ । रीरको अधिक तौल वा मोटोपनाको समस्याले शरीरलाई इन्सुलिनको प्रभावहरूको प्रतिरोधी बनाउँछ । इन्सुलिन हर्मोनले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ । रगतमा इन्सुलिनको उच्चस्तरले छालाको पिग्मेन्ट कोशिकाको उत्पादन बढाउँछ । अधिक तौल भएका मानिसलाई डार्क अन्डरआर्म्सको समस्याले सताउने गर्छ ।
मोटोपनले टाइप(२ मधुमेहको जोखिम पनि बढाउँछ । शरीरमा रगतमा चिनीको मात्रा बढेपछि यो रोग लाग्ने गर्छ । र, टाइप २ मधुमेहका लक्षण देखिने मानिसमा एक्यान्थोसिस निग्रिकन्सको जोखिम बढी हुन्छ । हर्मोन सिन्ड्रोमका केही समस्याहरूले पनि इन्सुलिनको स्तरमा उतार(चढाव ल्याउने कारणले पनि काखीमुनि कालो हुन सक्छ ।
पोलिसिस्टिक ओभ्यारी सिन्ड्रोम, कुसिङ्ग सिन्ड्रोम, एक्रोमेगाली तथा थायराइडलगायतका होर्मोन सिन्ड्रोमको समस्याका कारण काखीमुनि कालो हुनसक्छ । कतिपय औषधीहरूले इन्सुलिनको स्तर पनि बढाउने कारण अन्डरआर्म्स कालो हुन थाल्छ । इन्सुलिन, बर्थ कन्ट्रोल पिल्स, नियासिनको अत्यादिक सेवन तथा ह्युमन ग्रोथ हर्मोनका कारण इन्सुलिनको स्तर बढ्ने हुन्छ ।
कतिपय अवस्थामा अचानक छाला कालो हुनु क्यान्सरको कारणले पनि भएको हुनसक्छ । यस्तो अवस्थामा पेट, कलेजो र कोलोनलाई पनि नकारात्मक असर पुग्छ ।