पाठेघरको मुखमा नराम्रो कोसिका तथा कोसिका परिवर्तन भएर मासुको डल्लो बन्ने बन्ने प्रक्रियालाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्ययापिलोना भाइरसको कारणले लाग्छ । धेरै यौन सम्पर्क राखेमा वा श्रीमान्ले धेरै जनासँग यौनसम्पर्क राखी श्रीमतीसँग यौन सम्पर्क राख्दा यस भाइरसले आक्रमण गर्न सक्छ ।
पाठेघरको मुखको क्यान्सरका लक्षणहरु
योनीबाट धेरै रगत बग्ने ।
महिनावारी रोकि सकेका महिलाहरुमा पनि पटक पटक रगत देखिनु ।
योनीबाट सेतो पानी वा फोहोर पानी बग्नु ।
यौन सम्पर्कपछि पीडा हुने वा रगत बग्ने ।
तौल घट्ने ।
कसरी पत्ता लाग्छ रोग ?
माथि उल्लेखित लक्षण देखिएको खण्डमा तुरुन्तै अस्पताल आउनुपर्ने हुन्छ । अस्पतालमा उपचारको लागि आउँदा सबैभन्दा पहिला पाठेघरको परीक्षण गरेर हेरिन्छ । परीक्षणको क्रममा घाउ देखिएमा मासुको जाँच अर्थात् बाएफसी गरिन्छ ।
रोग लाग्नु अगाडि नै पत्ता लगाउने केही विधी
रोग लाग्नु अगाडि नै पत्ता लगाउनका लागि महिलाहरुको उमेर ३० वर्ष नाघिसकेपछि प्रत्येक ३ वर्षमा पाठेघरको परीक्षण गराउनु आवश्यक हुन्छ । ३० वर्ष उमेर पार भइसकेका तथा यौन जीवनमा सक्रिय महिलाहरुमा यसरी पाठेघरको मुखको जाँच गर्दाे पाप सिमेल जाँच गरिन्छ,यसले पाठेघरको मुखको क्यान्सरबारे सुरुवात कै अवस्थामा पता लगाउन सकिन्छ ।
शल्यक्रिया कुन अवस्थामा गरिन्छ ?
पाठेघरको मुखको क्यान्सर भइसकेपछि दोस्रो स्टेजको ए सम्म मात्र शल्यक्रियाले काम गर्छ । त्यसपश्चात् भने शल्यक्रिया नै भएपनि सिलाएको ठाउँमा पुन फैलिन सक्ने सम्भावना धेरै नै हुन्छ । शल्यक्रिया दोस्रो स्टेजको ए सम्म मात्र सीमित हुन्छ । दोस्रो स्टेजपछि भने पाठेघरको मुखको क्यान्सरका लागि रेडियोथेरापी विधीद्वारा उपचार गर्ने गरिन्छ । रेडियोथेरापीद्वारा उपचार गर्दाे ठूलो क्यान्सरको कोषिका साथै आँखाले नदेखिने क्यान्सरको कोषिका पनि मर्ने भएकोले क्यान्सर निको हुन्छ ।
रेडियसन थेरापीलाई सहयोग पुर्याउनका लागि सातामा एक पटक किमोथेरापी पनि गर्ने गरिन्छ । बाहिरी सेकाईको काम सकिएपछि भित्री भागमा सेकाएर क्यान्सरलाई पूर्णरुपमा निको बनाउन सकिन्छ ।पाठेघरको मुखको क्यान्सरको समयमा नै सम्पूर्ण उपचार भएमा चौथो स्टेजको ए सम्मको उपचार सम्भव छ । अर्थात् पिसाब थैली, दिशा गर्ने ठाउँलाई समेत क्यान्सरले छुँदा समेत उपचार सम्भव छ ।
पाठेघरको मुखको क्यान्सर हुन नै नदिनका लागि के गर्ने ?
पाठेघरको मुखको क्यान्सर हुनै नदिन छोरीहरु ९ वर्ष भएपश्चात् उनीहरुको यौन जीवनको सुरुवात नभएसम्म खोप लगाउन सकिन्छ । प्यापिलोमा भाइरस विरुद्घको खोप लगाउन सकेको खण्डमा पाठेघरको मुखको क्यान्सरलाई धेरै हदसम्म निर्मुल पार्न सकिन्छ । खोप लगाउँदा पहिलो डोज लगाएको ६ महिनादेखी १ वर्षभित्र दोस्रो डोज लगाउनुपर्ने हुन्छ ।