पछिल्लो समय शिशु जन्मिएको एक वर्षमै दृष्टिदोषको समस्या देखिन थालेको छ। जसका कारण सानै उमेरदेखि बच्चाहरु चस्मा लगाउनु पर्ने बाध्यतामा पर्छन्।
आँखाले देखेको वस्तुको आकृति आँखाको भित्र रेटिनामा बन्ने चिकित्सकहरु बताउँछन्। आँखाले कुनैपनि वस्तुलाई राम्ररी देख्न वा छुट्याउन नसक्ने समस्या हो दृष्टिदोष । बालबालिकामा यो समस्या भएमा उनीहरुले टाढा, नजिक दुवै राम्ररी देख्न सक्दैनन्।
दृष्टिदोषका लक्षण
–पुस्तक वा कक्षाकोठाको ल्याकबोर्ड या ह्वाइटबोर्डमा अक्षर स्पस्ट नदेखिने।
–देखिए पनि भ्रमात्मक धमिलो अक्षर देखिने।
–टाढा वा नजिकको वस्तु राम्ररी नदेखिने।
–दृष्टिदोष भएका बालबालिकामा टाउको दुख्ने समस्या रहने।
–आँखा डेढो या मुन्टो बटारेर हेर्नुपर्ने।
–जसका कारण पढ्न, लेख्न, र दैनिकी रुपमा गर्नुे क्रियाकलाप लागि बच्चामा असजिलो या ढिलो हुने गर्छ।
उपचार
–समयमा नै गरिएको दृष्टिदोषको उपचारले सम्भावित आँखाको अल्छिपना तथा अन्धोपन हुनबाट बचाउँछ।
–त्यसकारण नजिकैको आँखा केन्द्र वा आँखा अस्पतालमा गएर आँखाको उपचार गराउनु पर्छ। आँखाको जाँच गराई चिकित्सकको सल्लाह अनुसार चस्माको प्रयोग गर्नुपर्छ।
–दृष्टिदोष भएका बालबालिकाको प्रत्येक ६–६ महिनामा आँखाको नियमित जाँच गराउनु पर्छ। यदि समयमा उपचार नभए बच्चाको आँखाको दृष्टि विकास राम्ररी हुन पाउँदैन।
–बच्चा स्कूल जाने उमेर भएपछि आँखा चेकजाँच गर्न जरुरी हुन्छ।
–परिवारले पनि अफ्नो बच्चाले कसरी हेर्छ, आँखाबाट आशु आउछ या आउँदैन। धमिलो देख्ने, आँखा पोल्न, पाक्ने समस्या छ या छैन भन्ने जस्ता कुरामा गम्भीर ध्यान दिन आवश्यक रहन्छ।
–आँखा पोल्ने,आँशु आउने, धमिलो देखिने, पाक्ने जस्ता समस्या छ भने तुरुन्त नजिकको आँखा अस्पताल गई जाँच गराउन पर्छ।