काठमाडौं । बिहान उठ्दा मानिस अघिल्लो दिनको थकान र तनावबाट मुक्त भएर उठ्दछ । तसर्थ बिहान शरीरमा एक प्रकारको सकारात्मक उर्जा उत्पन्न हुने गर्दछ । त्यसैले मानिसको बिहानीको समयमा बितेको पलले दिनभरीको उसको मुड निर्धारण गर्ने विश्वास गरिन्छ ।
तसर्थ बिहान उठ्नासाथ निम्न काम गर्नु पर्दछ ।
१. ओच्छ्यानमा आखाँ खुलेलगत्तै एक्कासी जुरुक्क उठ्नु हुँदैन ।
२. आखाँ खुलेपछि केहिबेर ओच्छ्यानमा नै पल्टेर १ मिनेट बस्ने गर्नु पर्दछ ।
३. त्यसपछि रातभर विश्राममा रहेको शरीरमा रक्तसञ्चार गराउने शरीर तन्काउनु पर्दछ ।
४. पर्याप्त समय दिई दिसापिसाब गर्ने तर बाथरुममा मोवाइल हेर्ने बानि लगाउनु हुदैन ।
५. कतिपयमा धेरैबेर दाँत माझ्ने बानि हुन्छ । तर यसो गर्नुहुदैन ।
६. दाँतलाई नरम ब्रसले २ देखि ३ मिनेटसम्म हल्का दबाबमा ब्रस गर्नुपर्दछ ।
७. त्यसपछि नुहाउनु उपयुक्त हुन्छ । तर यो जाडो मौसममा अनुकुल नहुन सक्छ ।
८. त्यसपछि खाली पेटमा एक केस्रा काँचो लसुनलाई तातोपानीसँग उपयुक्त हुन्छ ।
९. खाजामा उसिनेको अण्डा वा क्यालसियमयुक्त खानेकुरा दूध खानु उपयोगी हुन्छ ।
१०. सकेसम्म बिहानको खाजामा कम चिल्लो भएको परिकार खानु पर्दछ ।