काठमाडौं - नवजात शिशूको जन्डिस भनेको शिशुहरूमा छाला र आँखाको सेतो भागहरू पहेंलो हुने सामान्य अवस्था हो। यो रगतमा बिलिरुबिन भनिने प्राकृतिक पदार्थमा वृद्धि हुनाले हुन्छ।
शिशु जन्मिएपछि भ्रूण अवस्थामा जस्तो धेरै रातो रक्तकोषहरूको आवश्यकता पर्दैन। यी रातो रक्तकोषहरू टुक्रिन्छन् र रगतमा बिलिरुबिन मिसिन्छ। नवजात शिशुको कलेजोले अतिरिक्त बिलिरुबिनलाई सम्हाल्न नसक्ने भएकाले रगतमा बिलिरुबिन मिसिन जान्छ।
जन्डिस प्रायजसो जन्मेको दोस्रो वा तेस्रो दिनमा देखा पर्छ र कलेजोले प्रभावकारी तरिकाले बिलिरुबिन प्रशोधन गरेको समयमा लगभग दुई देखि तीन हप्तामा निको हुन्छ।
आमाको दुधले पनि जन्डिस गराउँछ भन्ने बारे धेरै व्यक्तिहरु अन्जान छन् त्यसबारे केहि जानकारी यस प्रकार रहेका छन् ।
सामान्यतय नवजात शिशुको जन्डिस २ हप्तामा हराएर जान्छ ।
स्तनपान गर्ने कुनै शिशुमा आमाको दुधले २ हप्ता पछि पनि जन्डिस गराउँछ । जसलाई ब्रेस्ट मिल्क भनिन्छ ।
उक्त जन्डिसले शिशुलाई कुनै प्रकारको असर गर्दैन । १२ हप्ता सम्म रहन सक्छ ।
ब्रेस्टमिल्क जन्डिस भन्नु अगाडि जन्डिसका अन्य कारणहरु छैन भनेर रगत जाचँको माध्यमबाट पुष्ट्रि गर्नुपर्छ ।
यस्तो अवस्थामा स्तनपानलाई निरन्तरता दिनुपर्छ । आमाले केहि बार्नुपर्दैन ।