एजेन्सी । शारीरिक र मानसिक तरिकाले स्वस्थ रहनका लागि निद्रा महत्तवपूर्ण हुन्छ ।
निद्रा नपुग्दा मानिसमा डिप्रेसन, एन्जाइटी तथा मोटोपना जस्ता विभिन्न समस्याहरू देखिन थाल्छ । निद्रा बिग्रिने धेरै कारण हुन्छन् । के कारणले निद्रामा समस्या हुन्छ भनेर पत्ता लगाउनका लागि दुई हजार मानिसहरूमा अध्ययन गरिएको थियो ।अध्ययनअनुसार करिब ३८ प्रतिशत मानिसहरूलाइ ओछ्यानको कारण निद्रामा समस्या हुने पत्ता लागेको छ । त्यस्तै, सँगै सुत्ने व्यक्तिले घुर्ने कारण ३६ प्रतिशत मानिसहरू निदाउन पाउँदैनन् ।
राति आउने ठूला आवाज, झ्यालबाट आउने प्रकाश, फोनबाट आउने उज्यालो क्याफिनेटेड पेय पदार्थ पिउनाले मानिसलाई निद्रामा समस्या हुन्छ । सुत्नुअघि फोनमा सामाजिक सञ्जाल चलाउने १४ प्रतिशत, गेम खेल्ने १२ प्रतिशत, पढ्ने १३ प्रतिशत व्यक्तिहरूमा अनिद्राको समस्या पाइएको थियो ।
यसबाहेक सिरानी, तनाव, पैसाको चिन्ता, गाडीको आवाज, कार्यालयको चिन्ता, रक्सीको सेवन र कोठाको तापक्रम सही नहुँदा पनि मानिसलाई निद्रा नलाग्ने अध्ययनले देखाएको छ।निन्द्रा नपुगेका व्यक्तिहरुका लागि करिब चार घण्टा अतिरिक्त निदाउन आवश्यक हुन्छ । निद्राको कमिले चिन्तित व्यक्तिहरूले आफ्नो सुत्ने कोठालाई फेरि व्यवस्थित गर्न आवश्यक हुन्छ ।
अफिसका लागि तयार हुने, पढाइ गर्ने वा इलेक्ट्रिकल डिभाइसको प्रयोगका लागि घरमा अर्को ठाउँ बनाउने र बेडरुम सुत्नका लागि मात्र प्रयोग गर्ने गर्दा निद्राको समस्या कम हुँदै जाने विशेषज्ञहरू बताउँछन्।