काठमाडौं । आज असार १५ अथार्त दही चिउरा खाएर धान दिवस मनाउने दिन । नेपाली समाजमा आजबाट रोपाइ शुरु गरीन्छ र दही चिउरा खाएर मनाउने परम्परा छ ।
दही चिउरा खाँदा मिठो मात्र होइन यसले स्वास्थ्यका लागि पनि निकै फाइदा पु¥याउछ ।
यस्ता छन् दही चिउरा खानुका फाइदाहरु
– दहीको नियमित सेवनले हड्डी कमजोर हुने समस्यालाई कम गर्छ ।
– चिउरा जुनसुकै बेलामा पनि खान सकिन्छ ।
– चिउरामा कार्बोहाइड्रेड भएकाले यसले शक्ति प्रदान गर्दछ ।
– चिउरामा आइरनको मात्रा बढी हुन्छ ।
– दही सेवन गर्दा रोगसँग लड्ने क्षमता बढाउँछ ।
– दहीमा बनाउने ल्याक्टोब्यासिलस ब्याक्टोरिया प्राचन प्रक्रियामा सहयोग गर्दछ ।
– दहीको सेवन गर्दा ठूलो आन्द्रा क्यान्सरको समस्या, ग्यास्ट्रिकको समस्या तथा अल्सर हुुने समस्याबाट पनि जोगाउने काम गर्दछ ।
– पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गरे यसले पखाला नियन्त्रण गर्छ ।
–दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ ।