लहरे खोकी जीवाणयुक्त रोग हो । जसको कारणले उग्र खोकी लागिरहन्छ। यसको लक्षणहरु सामान्य हुन्छन् तर यदि यो सक्रं मण खोप नलगाएको बच्चामा सऱ्यो भने यो जीवन घातक हुनसक्छ।
लहरेखोकीबाट पाँचदेखि १५ वर्षसम्मका बालबालिका आक्रान्त हुन्छन् तर ठूलालाई पनि यो समस्या हुन सक्छ । लहरेखोकी एक ब्याक्टेरिया संक्रमण हो र एक व्यक्तिबाट अर्को व्यक्तिमा यो सर्छ । यो रोग लागेपछि रोगीले निरन्तर खोक्ने, अनायासै खोक्न थाल्ने, सास लिन अप्ठ्यारो हुने जस्ता समस्याको सामना गर्छ ।
लहरेखोकीबाट बच्ने घरेलु उपचार
लसुन : एउटा लसुन मसिनो गरी काटेर पानीमा उमाल्नुस् । अब त्यही पानीले बाफ लिनुस् । दिनदिनै बाफ लिँदा दुई हप्तामा लहरेखोकी ठीक हुन्छ । आहारमा लसुन समावेश गर्नुभयो भने जाडोका समस्याबाट मुक्ति पाइन्छ ।
अदुवा : अदुवामा एन्टीब्याक्टेरियल तत्त्व हुन्छ र यसले कफलाई सिध्याउन सहायता गर्छ । अदुवा पिँधेर रस निकाल्नुस् । अब त्यसमा मह मिसाएर पिउनुस् । अदुवाको रस, कागतीको रस र प्याजको रस मिसाएर पिउनुभए पनि हुन्छ । दिनदिनै अदुवा चपाउँदा पनि लहरेखोकीलाई केही हप्तामा हटाउन सकिन्छ ।
मह र मूलाको रस : एक चम्चा महमा एक चम्चा मूलाको रस मिसाएर पिउनुस् । त्यसमा सीधे नून मिसाएर पनि पिउन सक्नुहुन्छ । दिनको दुईचोटि पिउँदा खकार र लहरेखोकीको समस्याबाट मुक्ति पाइन्छ ।
बेसार : बेसारमा एन्टीब्याक्टेरियल, एन्टीभाइरल तत्त्व हुन्छन् र तिनले खकार जम्न दिँदैनन् । एक चम्चा महमा बेसार मिसाएर खानुस् । यसबाहेक बेसार हालेको दूध पनि पिउन सक्नुहुन्छ । बेसारले रुघाखोकीलाई चाँडो नाश गर्छ ।
ज्वानो : चार चम्चा जैतूनको तेल तीनचार अलिकति ज्वानो हालेर हलुका तताउनुस् । तेल मनतातो पारेर राति सुत्नुअघि छातीको मालिश गर्नुस् ।
मुलेठी : गला खराब हुँदा वा खोकी लाग्दा मुलेठी सेवन गर्नुस् । मुलेठीको एक सानो टुक्रा चुस्ने गर्दा लहरेखोकीबाट राहत प्राप्त हुन्छ ।
केसर : लहरेखोकी ठीक पार्नका लागि केसर अचूक औषधि हो । यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वले संक्रमण रोक्नुका साथै रुघाबाट पनि मुक्ति दिन्छ । केसरको स्टिग्मामा आधा कप पानी हालेर घोल्नुस् । यो घोललाई दिनदिनै सेवन गर्नुस् ।