हालै विभिन्न सञ्चारमाध्यममा आएको सूचनाअनुसार काठमाडौंका १७ जना बिरामीमा हैजा पुष्टि भएको छ । अहिलेसम्म हैजाले सातपटकसम्म विश्वमा महामारीको रूप लिएको छ । अन्तिम महामारी सन १९९१ मा अमेरिकामा देखिएको थियो । तुरन्तै समाजमा फैलन सक्ने र समयमा उपचार नपाए केही घण्टामा मृत्यु पनि गराउने भएकाले यसबारे सजग बन्नु जरुरी छ । हैजा भिब्रियो कलेरा नामक ब्याक्टेरियाले आन्द्राको संक्रमण गराई छिट्टै नै जलविनियोजन गराउने रोग हो । संसारभरीमा १ दशमलव ३ अर्ब मानिसहरू हैजाको जोखिममा छन् भने बर्सेनि १० देखि ४० लाख केस र ९५ हजार जना व्यक्तिको मृत्यु हुने तथ्यांक छ । हैजा संक्रमित हरेक १० जनामा एक जनालाई गम्भीर किसिमको असर देखिने गरेको छ ।
हैजाको जोखिम
हामीले पिउने पानी तथा खानामा हैजा गराउने किटाणु संक्रमित भई दूषित भएमा र व्यक्तिगत सरसफाइमा कमी भएमा, हैजा संक्रमित बिरामीको हेरचाह गर्ने आफन्त र स्वास्थ्यकर्मीहरू, कुपोषित बच्चाहरू, दुई वर्षमुनीका बालबालिकाहरू, रोग प्रतिरोधात्मक शक्ति कम भएका, ब्लड ग्रुप ओ भएका व्यक्तिहरूमा हैजाको जोखिम हुन्छ । दूषित खाना वा पानीको प्रयोग गरेपश्चात १२ घन्टादेखि पाँच दिनभित्रै लक्षण देखा पर्दछ । प्रायमा अचानक पानीजस्तो तारन्तार दिसा हुन्छ भने केहीमा सुरुआती अवस्थामा पेटमा असजिलो हुने र खान मन नलाग्ने हुन सक्छ । पछि गएर पीडारहित चौलानी पानीजस्तो पातलो दिसा भइरहन्छ जुन माछाजस्तो गन्ध पनि आउन सक्छ । बान्ता पनि पानीजस्तो तारन्तार हुने गर्दछ । खुट्टाका मासुहरू बाउडिने, असाध्यै तिर्खा लाग्ने, झिझिने तथा छटपटाहट हुने, पिसाबमा कमी आउने, सानो बच्चाहरूमा तालुमा खाल्टो पर्ने, आँखाहरू भित्र गाडिने, आँसु नआउने, ओठमुख सुक्खा हुने, छालाको चमक हराउने, सुरुमा एकदम तिर्खाएको जस्तो देखिए पनि पानी पिउन पनि नसक्ने भई बेहोस् र अचेत हुन थाल्ने गर्दछन् ।
समयमै उपचार नपाएमा शरीरमा पानीको मात्रा कमी भई प्रेसर कम हुने, मिर्गौला फेल हुने, मुटुमा असर गर्ने, ग्लुकोज कम हुने तथा कुनैमा छारेरोग जस्तो शरीर काम्ने पनि हुन्छ। समयमा उपचार हुन नपाएमा केही घण्टामै मृत्युसमेत हुन सक्छ । झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल प्रयोग गरी राम्ररी घोल्ने र पटकपटक गरी खुवाउने, प्रशस्तै मात्रामा झोलिलो पदार्थ खाने, स्वास्थ्यकर्मीले दिएको सल्लाहबमोजिम आवश्यकताअनुसार एन्टिबायोटिक तथा जिन्कको प्रयोग गर्नुपर्छ । चर्पीमा मात्रै दिसापिसाब गर्ने, दिसापिसाब गरेपछि साबुनपानीले मिचिमिची हात धुने, खाना बनाउनु, खुवाउनु, खानुअघि र खाइसकेपछि साबुनपानीले मिचिमिची हात धुने, पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने, बासी, सडेगलेको, भिंmगा भन्केको खानेकुरा नखाने गरेमा हैजाको रोकथाम गर्न सकिन्छ ।
रोकथामका लागि खोप महत्वपूर्ण
नेपालमा सञ्चालित खोप कार्यक्रम जनस्वास्थ्यको सबैभन्दा सफल कार्यक्रमको रूपमा लिइन्छ । रोग लाग्नुभन्दा लाग्न नदिनुु उत्तम उपाय हो । रोग लाग्नबाट बचाउनका लागि हाम्रो शरीरमा रोग विरुद्धको प्रतिरोधात्मक शक्ति बढाउन खोपले काम गर्दछ । नेपालमा विभिन्न संक्रमणजन्य भाइरस तथा ब्याक्टेरियाविरुद्ध विभिन्न प्रकारका खोपहरू उपलब्ध छन् । खोप दिएर रोगसँग शरीरको प्रतिरोधक क्षमता बढाउने प्रक्रियालाई भ्याक्सीनेसन वा इम्युनाइजेसन पनि भनिन्छ । खोपअनुसार मासुमा, छालाभन्दा भित्र र छालामा दिइन्छ । कुनै कुनै खोपहरू लाइभ भ्याक्सिन हुन्छन् । जीवित ब्याक्टेरिया वा भाइरस जीवहरूको अंश राखेर दिइन्छ । जस्तै बिसिजी, दादुरा विरुद्धको खोप, यसमा ब्याक्टेरिया वा भाइरसका कणहरू जसले त्यो विरुद्ध प्रतिरोध शक्ति उत्पादन गर्न सक्छ । नेपालमा सन् १९७७ देखि खोप अभियान सुरु भएको हो ।
अहिले ११ वटा रोगविरुद्ध बालबालिकालाई खोप दिइँदै आएको छ । पूरै खोपको मात्रा पु¥याउँदा सरकारले प्रतिबच्चा चार हजार रुपैयाँ खर्चिने गरेको छ । सरकारी स्तरमा विभिन्न ११ प्रकारका निःशुल्क खोपहरू उपलब्ध छन् । क्षयरोग विरुद्धको बिसिजी जन्मनासाथ देखि महिना दिनभित्र दिइन्छ । लहरेखोकी वा भ्यागुते रोग विरुद्धको खोप, धनुष्टंकार, हेपाटाइटिस बी र हेमोफिलस (हिब)को खोप हप्तामा ६, १० र १४ हप्तामा दिइन्छ । पोलियो इन्जेक्टेवल १४ हप्तामा दिइन्छ । हाल यो वाई भ्यालेन्ट पोलियो भएको छ । निमोनिया विरुद्धको पिसिभी १० खोप ६ हप्ता, १० हप्ता र ९ महिनामा लगाइन्छ । दादुरा, रुबेलाको खोप बालबालिका नौ महिना भएपछि दिइन्छ र दोस्रो मात्रा १५ महिनामा दिइन्छ । जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप १२ महिनामा दिइन्छ । १५ महिनाको उमेरमा दादुरा, रुबेलाको दोस्रो मात्रा दिनुपर्छ ।
माथि उल्लिखित खोपहरू नेपाल सरकारले तोकिदिएको केन्द्रहरूमा निःशुल्क पाउन सकिन्छ । सबै खोपहरूको प्रभावकारिता एकै प्रकारका हँुदैनन् । साथै कास्की र चितवनमा पाइलोटिङको रूपमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभी भ्याक्सिन स्कुल पढ्दै गरेका किशोरीहरूलाई दिन सुरुआत गरिएको छ । बाल मृत्युदर घटाउन विभिन्न उमेर समूहका बालबालिकालाई खोप दिने गरिन्छ । कुनै बेला महामारीका रूपमा फैलिने बिफर र दादुराजस्ता रोग विरुद्धको खोप अहिले देखिँदैनन् । बेलाबेलामा चलाइएका खोप अभियान र सचेतनाले महामारीजन्य रोगको संक्रमण अहिले धेरै हदसम्म कम हुँदै गएको छ । जसको असर बालमृत्युदर घटाउन निकै सकारात्मक देखिएको छ । खोपले पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरमा कमी ल्याउन योगदान पु¥याएको छ । यसले विश्व मानचित्रमा नेपालको अवस्थालाई निकै राम्रो देखाएको छ । सरकारले निःशुल्क रूपमा उपलब्ध गराएका बाहेक विभिन्न प्रकारका अन्य खोपहरू पनि उपलब्ध छन् । जसलाई ऐच्छिक खोपका रूपमा लिइन्छ । ऐच्छिक खोपहरूको खर्च व्यक्ति स्वयंले बेर्होनुपर्छ भने यस्ता खोपहरू महँगा पनि हुन्छन् । पैसा खर्च हुने हँुदा यस्ता खोपहरू ऐच्छिक खोपका रूपमा वर्गीकरण गरिएको हो ।
रुघाखोकी गराउने भाइरस विरुद्धको खोप वा फ्लु भ्याक्सिनः यो खोपलाई ऐच्छिक खोपको रूपमा लिइन्छ । फ्लु भ्याक्सिन ६ महिनाभन्दा माथि उमेर भएका बालबालिकामा लगाउन सकिन्छ । यो खोप विशेषगरी रोग विरुद्धको क्षमता कम भएका इम्युनो डेफिसियन्सी, मुटु रोग, मधुमेह, दमरोग भएका बालबालिकामा लगाउनुपर्छ । यो खोप सिजनल भाइरस विरुद्धको खोप भएको हुँदा बर्सेनि लगाउनुपर्ने हुन्छ । रोटा भाइरस ‘डायरिया’ विरुद्धको खोपः यो खोप विशेषगरी एकवर्ष मुनिका बालबालिकालाई झाडापखाला गराउने विरुद्ध दुई वा तीन मात्रा दिन सकिन्छ । यो खोपले बालबालिकामा कडा खालको संक्रमणका रोटा भाइरसबाट बचाउँछ । यो खोप ६ हप्तादेखि आठ महिनाभित्र लगाइसक्नुपर्छ । रोटा भाइरसले हुने झाडापखाला ७५ प्रतिशतसम्म कम गर्ने यो खोप भने मुखबाट खुवाउन मिल्छ ।
डिपिटी विरुद्धको खोपको बुस्टर डोज : डिपिटी विरुद्धको खोपको बुस्टर १५ महिनादेखि १८ महिना र चारदेखि ६ वर्षमा बुस्टरका रूपमा पनि दिन सकिन्छ । हेपाटाइटिस ए विरुद्धको खोप ः पानी वा खानाबाट सर्न सक्ने जन्डिस गराउने हेपाटाइटिस विरुद्धको खोप लगाउन सकिन्छ । जन्डिस भएर ज्यान नै जाने भएको हँुदा यो खोप बालबालिकामा १२ महिनादेखि दुई वर्षसम्मको उमेरमा दिन सकिन्छ ।
मेनिङ्गोकोकल विरुद्धको खोप ः मेनेन्जाइटिस गराउने ब्याक्टेरिया मेनिङ्गोकोकल एसिवाई विरुद्धको खोप ऐछिच्क खोपको रूपमा रहेको छ । यो खोप दुई वर्षदेखि १८ वर्ष उमेरसम्मका व्यक्तिमा लागाउन सकिन्छ । यो खोपले मस्तिष्क ज्वरो हुनबाट बचाउँछ । ठेउला वा चिकेनपक्स (भ्यारिसेला) विरुद्धको खोप बालबालिकामा हुने ठेउला विरुद्धमा दिइन्छ । यो खोप १२ महिनापछि र दोस्रो चारदेखि ६ वर्षको उमेरमा गरी बालबालिकामा दुईपटकसम्म दिनुपर्छ । हाडे वा गलफूला(मम्स) विरुद्धको खोप धेरैजसो दादुरा रुबेलासँग मिलेर आउने हुँदा यसले दादुरा रुबेला भाएरल इन्फेक्सनबाट बचाउन प्रभावकारी मानिन्छ । यो खोप बालबालिकामा १५ महिनापछि दिन सकिन्छ । ह्युमन प्यापिलोमा भाइरस(एचपिभी) विरुद्धको खोप कास्की र चितवनमा पाइलोटिङको रूपमा लिइएको विशेषगरी महिलाहरूको ज्यान नै लिने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी विरुद्धको खोप कक्षा ६ मा पढ्ने वा १० वर्षका किशोरीहरूलाई दिन सुरुआत गरियता पनि यो खोप ऐच्छिक खोपको रूपमा लिन सकिन्छ ।
विशेषगरी दूषित खाना र पानीको माध्यमबाट सर्ने टाइफाइट गर्मी मौसमा धेरै देख्न पाइन्छ । टाइफाइड विरुद्धको खोप दुई वर्ष उमेर पुगेका बालबालिकामा लगाउनुपर्छ । यी बाहेक कलेरा विरुद्धको खोप, जापानीजइन्सफालाइटिस विरुद्धको खोप, रेबिज विरुद्धको खोप आदि उपलब्ध छन् भने इबोला विरुद्धको खोपलगायत अन्य खोपहरू विकास तथा अनुसन्धानका क्रममा रहेका छन् । ऐच्छिक खोपहरू हरेक स्थानअनुसार प्रभाकारितामा फरक पनि पर्न सक्छ । खोप लगाइसकेपछि सामान्य ज्वरो आउने, एलर्जी हुनेजस्ता समस्या देखिने हुँदा एक घण्टासम्म सम्बन्धित खोप केन्द्रमा बसेर घरजानु उत्तम मानिन्छ । साथै यो विभिन्न खोपहरू लगाउँदा बालरोग विशेषज्ञसँग सल्लाह गरी शित चक्र कोल्डचेन ठिक भए नभएको यकिन गरी लगाउनुपर्छ । साथै कुनै पनि खोप शतप्रतिशत पूर्ण प्रतिरोधात्मक हुँदैनन् भन्ने पनि बुझ्नु जरुरी छ ।