विवाहपश्चात् सुहागरातमा धेरै युवाले युवती कुमारी रहे–नरहेको यकिन गर्न परम्परागत तरिकाले कुमारीत्व मापन गर्छन् । चिकित्सा विज्ञानमा पनि योनिद्वारमा हुने पातलो छालाको झिल्ली नच्यातिएको अर्थात् योनिच्छेद नभएको अवस्थालाई कौमार्य मानिन्छ ।
नेपालजस्तो पुरुषप्रधान समाजमा पुरुष कौमार्यको कुरा नगर्ने तर युवतीको कुमारीत्वलाई प्रतिष्ठा र बहसको विषय बनाउने गरिन्छ । कतिपय नवविवाहित दम्पतीमा यौनसम्पर्क गर्दा रगत आए–नआएका आधारमा कुमारीत्व परीक्षण गरेर अनविश्वास र असमझदारीसमेत उत्पन्न हुने गरेको छ ।
यौनझिल्ली वा योनिद्वार व्यक्तिगत रूपमा भिन्न हुन्छन् । निकै लचिलोखालको यौनझिल्ली भएकाहरुमा यौनसम्पर्क राखेर पनि झिल्ली नच्यातिएको हुन सक्छ । विवाहपूर्व यौनसम्पर्क राखेका धेरै युवतीले यो कुरा विवाहपछि थाहा हुन्छ कि भन्ने त्राससमेत पाल्ने गरेको पाइन्छ । कतिपयले त भर्जिनिटी रिपेरिङ अर्थात् यसको मर्मतबारेसमेत चिकित्सकसँग जानकारी खोज्ने गरेका छन् ।
पूरै योनिद्वार नढाक्ने त्यस्तो विशेष झिल्ली च्यातिइसकेको अवस्थालाई धेरैले पहिल्यै यौनसम्पर्क राखिसकेको वा कुमारीत्व कायम नरहेको रूपमा अथ्र्याउँछन् ।यौनसम्पर्कले मात्र नभएर खेलकुद, साइक्लिङ, घोडचढी र व्यायामका क्रममा पनि यौनिद्वार च्यातिएर कुमारीत्व गुम्न सक्छ ।
डाक्टरहरुका अनुसार यौनझिल्लीको आकार, बनावट, मोटाइ, लचकता व्यक्तिपिच्छे फरक हुन्छ । कौमार्य परीक्षण गर्दा रगत आउनुलाई नै प्रमाण मान्न सकिन्न । यौनझिल्ली जन्मजात नहुन पनि सक्छ भने कतिपयको शारीरिक क्रियाकलाप (खेलकुद, साइक्लिङ, घोडचढी, व्यायाम)को दौरान च्यातिन्छ ।
विज्ञहरुका अनुसार प्याडको सट्टा ट्याम्पुनको प्रयोग, किशोरीमा हस्तमैथुन गर्ने बानी पनि योनिच्छदको कारण बन्न सक्छ ।चिकित्सा विज्ञानले एकपटक यौनसम्पर्क राख्दा वा अन्य कुनै कारणले च्यातिएको योनिभित्र रहेको रिङ आकारको झिल्ली सर्जरीमार्फत पहिलेकै अवस्थामा फर्काउनसमेत सम्भव बनाएको छ । योनिभित्रको रिङजस्तो झिल्लीलाई सिलाएर पुरानै अवस्थामा ल्याउन सकिन्छ ।