काठमाडौं । माइग्रेन एक प्रकारको टाउको दुखाइ हो। यसको दुखाइ निकै कडा हुन्छ। माइग्रेनका कारण टाउको दुख्यो भने त्यसलाई घटाउनै गाह्रो पर्छ।
यसको कारण रोकिइरोकिई टाउको दुख्छ र दुई घन्टादेखि कैयौँ दिनसम्म दुखिरहन पनि सक्छ। यो न्युरोलोजिकल समस्या हो। शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादन पनि माइग्रेनको कारण हुन सक्छ। माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ।यस्तो दुखाई गर्मीमा झन् बढ्ने डाक्टरहरु बताउँछन्।
गर्मीमा तापक्रम बढ्ने र घामको तेज किरणको कारण माइग्रेनको दुखाई बढ्छ। यसका साथै, गलत खानपान, वायु प्रदुषण, डिहाइड्रेशन, सोडा, चिसो पेयपदार्थ, क्याफिनयुक्त पदार्थको सेवनले माइग्रेनलाई बढाउँछ। साथै, गर्मीमा शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले पनि माइग्रेनको दुखाई बढी हुन्छ। माइग्रेनको समस्या पुरुषमा भन्दा बढी महिलामा हुने एक अध्ययनले देखाएको छ। तनावपूर्ण जीवन र हर्मोनको असन्तुलनले गर्दा महिलामा माइग्रेन बढी हुन्छ।
गर्मीमा आइसक्रिम र चिसो खानेकुरा धेरै खाने गरिन्छ। अत्याधिक चिसो खानेकुराले माइग्रेनको दुखाई बढाउँछ । व्यायाम गर्नेवित्तिकै यस्ता खाद्यपदार्थको प्रयोग गर्नुहुँदैन्। चकलेटमा क्याफिनको मात्रा बढी हुन्छ । यसमा बिटा– फेनिलेथाइलामिन नामक तत्व हुन्छ । जसले रक्त तन्तुहरु तन्काउने काम गर्छ जुन माइग्रेनका विरामीहरुका लागि एकदमै हानिकारक हुन्छ।
गर्मीमा पनीर खानु माइग्रेनबाट पीडितहरुका लागि बेफाइदाजनक मानिन्छ। सुख्खा मेवा, केरा र सुन्तला पनि माइग्रेन रोगीहरुका लागि हानिकारक हुन्छ। धेरै नुन, अचार र खुर्सानी खादाँ माइग्रेनको दुखाई बढ्छ र असह्य पीडा हुन्छ। भने फास्ट फुडहरुले पनि दुखाई बढाउँछ। नियमित चिया वा कफि सेवन गर्ने मानिसमा क्याफिनको मात्रा बढ्दै जान्छ र यसले दिमागको नसाहरुमा रुकावट गर्छ जसले गर्दा रक्तसञ्जार ढिलो हुन जान्छ जुन माइग्रेनको कारण बन्न सक्छ।
माइग्रेनको लागि विभिन्न घरेलु उपायमध्ये घरमा बनाएको शुद्ध घ्यू हो। यसको दुई थोपा नाकमा हाल्ने र पल्टिने जसले नाकलाई सफा गर्छ। र माइग्रेनबाट छुटकारा मिल्छ।माइग्रेनबाट तुरुन्तै छुटकारा पाउनको लागि बरफले मालिस गर्नुपर्छ। साथै, मनतातो पानीमा तौलिया भिजाएर गर्दनमा राख्दा पीडा कम हुन्छ।
एउटा भाँडोमा पानी उमाल्ने र त्यसमा ओलिभको तेल हाल्ने र टाउकोमा लगाउने। त्यसलाई तौलियाले बेर्ने र बाफ लिने। १५-२० मिनेट बाफ लिएपछि माइग्रेनको दुखाई कम हुन्छ। बन्दागोभीको पात पिसेर काँध र गर्दनमा लगाउँदा माइग्रेनको समस्या कम हुन्छ।असहनीय पीडा भएका काक्रो र गाँजरको रस निकालेर पिउँनुपर्छ। यसले तुरुन्त आराम प्रदान गर्छ।