काठमाडौं । गर्भपतन एक बाध्यत्मक अवस्थामा गरिन्छ । सन्तानका रहर पुगेका दम्पतीले अनिच्छित गर्भ रहेपछि गर्भपतन गराउँछन् । त्यस्तै अविवाहित जोडीले पनि गर्भ रहेमा यही विधी अपनाउँछन् ।
बाध्यत्मक अवस्थामा गर्भपतन गराउनुपर्ने भएकाले आवश्यक प्रक्रिया पुरा गरेपछि सुरक्षित गर्भपतन गराउन पाइने कानुनी छुट छ । महिलाईलाई जोखिममा पारेर जथाभावी वा जुनसुकै अवधीको पनि गर्भपतन गराउन भने अपराध मानिन्छ ।
हुन त गर्भपतनको क्रममा कतिको ज्यान जाने जोखिम रहन्छ । कतिपयको स्वास्थ्य स्थिती एकदमै नाजुक बन्न पुग्छ । त्यसैले वैधानिक स्वास्थ्य संस्थाबाट, गर्भ रहेको उचित अवधीमा, आवश्यक प्रक्रिया पुरा गरेर गरिएको गर्भपतन मात्र सुरक्षित मान्न सकिन्छ ।
गर्भपतनपछि महिलामा यस्ता जोखिमहरु आउन सक्छन्
– ४८ घण्टाभन्दा बढी समयसम्म १०० डिग्रीभन्दा बढी ज्वरो आउनु
– अत्याधिक रक्तस्राब हुनु
– रगतको ढिक्का ढिक्का बनेर रक्तस्राब हुनु
– गर्भपतन गरेको ४(५ दिनसम्म रक्तस्राब भइरहनु
– तल्लो पेटमा अत्याधिक पीडा हुनु
– कमजोरी महसुष हुनु
– भोक नलाग्नु, निद्रामा समस्या आउनु
– योनीबाट दुर्गन्धित डिसचार्ज हुनु ।
– पिसाब र मल त्यागको बानीमा परिवर्तन आउनु ।
– पिसाब वा दिसामा रगत आउनु ।
– चक्कर आउनु, बेहोसी हुनु ।