काठमाडौं । एक सातादेखी तराईका विभिन्न जिल्लामा नाइरोबी फ्लाई नामक किराले आतंक मच्याएको छ । यस किराले टोकेको खण्डमा मानिसको छालामा विभिन्न प्रकारका समस्याहरु देखा पर्छन् ।
छालामा विभिन्न प्रकारका समस्याहरु आएपछि तराईका विभिन्न जिल्लाका मानिसहरु उपचार गएपनि त्यसबाट आएको समस्या हटेको छैन । यस किराले टोक्दा यसको एसिडका कारण छालामा विभिन्न प्रकारका संक्रमण हुने गरेको छ ।
भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा भारतबाट नाईरोबी किरा आएर धेरैलाई समस्या पारेको छ । यो किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा फैलिएको रहेछ ।
यस किराले टोक्दा भारी वर्षा भएपछि पुन : घाम लाग्दा बेलुका घरभित्र बत्ति बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुँदा मात्र पनि एसिडले छालामा डडुवा घाउ जस्तो व जनै खटिरा जस्तो घाउ आउने गर्छ । यो किराको संक्रमणका कारण हुने छालाको रोग नेपालको तराई जिल्लामा मात्र हैन पहाडी जिल्लामा पनि फैलिन थालेको छ।
बच्ने उपाय
याे किराबाट बच्न घर वरपर सफा राख्ने तथा घाम अस्ताएको १ घण्टापछि मात्रै यो किरा सक्रिय हुने भएकाले साँझमा झ्याल ढोका राम्रोसँग बन्द गर्ने गर्नुपर्छ ।
त्यस्तै, झ्याल ढोकामा जाली लगाउने, अनावश्यक रूपमा बत्ती नबाल्ने, झूल लगाएर सुत्ने, साँझको समयमा शरीर ढाकिने लुगा लगाएर मात्रै बाहिर निस्कने, किराले टोकीहाल्यो भने तुरुन्तै साबुन पानीले टोकेको ठाउँ सफा गर्ने गर्नुपर्छ । जसले गर्दा विष कम लाग्छ ।
त्यस्तै, टोकेको घाउ फैलँदै गएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, घर वरपर धेरै नै संक्रमण भएमा बजारमा पाइने किटनाशक औषधी छर्किने आदि समेत गर्न सकिन्छ ।