काठमाडौं । तुलसीलाई हिन्दूधर्मालम्वीहरुले विष्णुका रुपमा पूजागर्ने गर्छन । हरेकका घरको आँगनमा तुलसी रोपिएको हुन्छ ।तर, यसको उपयोग गर्न सके हाम्रो स्वास्थ्यमा निकै लाभदायक हुन्छ ।
तुलसी प्रयोग तथा उपभोगले हाम्रो स्वास्थ्यमा पुर्याउने फाइदाहरु यसप्रकारका छन् ।
१. ज्वरो सर्दीका लागि तुलसी एकदम लावदायी छ । तुलसीको ६५ पत्ता र आठ ओटा मरिचको दानालाई २५०मिलीलिटर पानीमा राम्रोसँग पकाएर छान्ने । यसमा दूध र चिनी राखेर चियाको रुपमा पिउँदा ज्वरो र सर्दी ठिक हुन्छ । फेरि २० तुलसी र ६ वटा मरिचको दाना मिलाएरु खाँदा पनि आराम मिल्छ ।
२. वान्ता रोक्न तुलसी तुलसी पत्ताको रस र मह बराबरको मात्रा मिलाएर पिउनाले वान्ता रोकिन्छ । र रिंगटा लागेको पनि कम हुन्छ । १० ग्राम तुलसीको पत्ता १ ग्राम अलैंचीलाई मिलाएर पिस्नु र १० ग्राम चिनी राखेर
खानुहोस् । यसले पित्तको कारण हुने वान्ता तुरुन्तै रोकिन्छ ।
३. दाँतको दुखाइका लागि तुलसी पत्ता, मरिच र कपुरलाई पिसेर दुखिरहेको दाँतकोबीचमा दबाएर राख्नुहोस् ।अथवा तुलसी पत्ता र मरिचलाई मिसेर चक्की बनाएर दुखिरहेको दाँतमा राख्दा पनि धेरै आराम
मिल्छ ।
४. टाउकोको दुखाई पनि हटाउँछ टाउको दुखेको बेलामा तुलसी अचुक औषधि बन्न सक्छ । तुलसीको पत्ता
पिसेर निधारमा लगाउँदा टाउको दुख्ने समस्या हट्छ ।
५. कलेजो सम्बन्धि समस्या तुलसीको १०–१२ पत्तालाई तातो पानीमा धोएर दैनिक विहान खाने गरे कलेजो सम्बन्धि समस्या अन्त्य हुन्छ ।
६. मृगौलाको पथ्थरी तुलसीले मृगौला स्वस्थ बनाउने काम गर्छ । यदी कसैको मृगौलामा पथ्थरी भएको छ भने
महमा तुलसी मिलाएर दैनिक खानुपर्छ । यसरी नियमित रुमा खाँदा ६ महिनामा फरक देखिन्छ ।
७. तनाव मुक्त गराउन तुलसी तुलसीको पत्तामा तनाव प्रतिरोधात्मक क्षमता हुन्छ । तनावलाई हटाउन तुलसीको १२ वटा पत्ता दैनिक २ पटक खानुपर्छ ।
८. छालाजन्य रोग छालाजन्य रोगको निदानका लागि पनि तुलसी उपयोगी बन्न सक्छ । दाद, लुतो जस्ता छालाजन्य रोगको निदानका लागि प्रभावित छालामा तुलसी केही दिनसम्म लगाउँदा निको हुन्छ ।
९. स्वास गनाउने समस्या हटाउँछ तुलसीको सुकेको पत्तालाई तोरीको तेलमा मिलाएर दाँत सफा गर्दा पनि स्वास गनाउने समस्या हटाउँछ ।
१०. कानको दुखाई कम गर्छ तुलसीको पत्तालाई तोरीको तेलमा भुटेर र लसुनको रस मिलाएर कानमा
हाल्दा कान दुखाई कम हुन्छ ।