काठमाडौं । पाँचथरको फिदिममा दुर्गम क्षेत्रका जेष्ठ नागरिकका लागि एक हप्तासम्म निःशुल्क कृत्रिम दाँत शिविर आयोजना भएको छ। उक्त शिविरबाट पाँचथर र छिमेकी जिल्लाका एक हजार बढी नागरिकले फाइदा लिएका छन्।
फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेको अध्यक्षतामा भएको शिविरको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख रामकुमार आगदम्बेले गरेका थिए। विशिष्ट अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, अतिथी उपचारात्मक सेवा महाशाखाका निर्देशक डा पवनजंग रायमाझी र प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरले शिविरको सफलताको शुभकामना मन्तब्य राखेका थिए। विशिष्ट अतिथी डा लोहनीले शिविरबाट जेष्ठ नागरिकको मुहारमा मुस्कान फर्काइ खुशी र सुखी बनाउने काम हुने बताए।
नगर प्रमुख काफ्लेले नगरपालिकाले बिरामीहरु बढी भएकाले यसपटक सबै जेष्ठ नागरिकलाई दाँत लगाईदिन नसकिने भएकाले नगरपालिकाकै खर्चमा पुस, माघतिर शिविर सञ्चालन गरिने र त्यसमा विज्ञ चिकित्सकहरुले सहयोग गरिदिन अनुरोध गरे। शिविरका प्रमुख वीर अस्पतालका प्रमुख कन्सल्टेन्ट डेण्टल सर्जन डा प्रकाश बुढाथोकीले शिविरको उद्देश्य, प्रक्रिया तथा पाउन सकिने सेवा र हुने उपलब्धिका बारेमा मन्तब्य राखेका थिए। डा बुढाथोकीले दातको फाइदा र दातको सेट लगाएपछि जेष्ठ नागरिकको जीवनशैलीलगायत आयु बढ्ने कुरामा प्रकाश पारेका थिए।
शिविरमा १ हजार बढी बिरामीको दाँत तथा मुखको परीक्षण गरिएको थियो। १ सय २१ जना जेष्ठ नागरिकको पुरै कृत्रिम दाँत डेण्चर र केहीको आरपीडि राखिएको थियो। यसैगरी,२ सय १२ जनाको काम नलाग्ने दाँत उखेलिदिने तथा दाँत र मुख सम्बन्धी सबै समस्याको परीक्षण तथा परामर्श दिने काम भएको डा बुढाथोकीले बता । फिदिम माध्यमिक विद्यालयलगायतका ३ सय बढी विद्यार्थीहरुलाई टुथब्रससहित दाँत सफा गर्ने तरिका,ओरल हाइजिन,स्वास्थ्य जनचेतना, समयको महत्वका बारेमा समेत कक्षा लिइएको शिविरको नेतृत्व गरेका डा बुढाथोकीले बताए।
शिविरको प्राविधिक टोलीमा प्रमुख कन्सल्टेन्ट तथा प्रोस्थोडोन्टिस्ट डा बुढाथोकी, कान्तिपुर डेण्टल कलेजका कन्सल्टेन्ट प्रोस्थोडोण्टिष्ट डा दिनेश शर्मा भुसाल, बिपीकेआईएचएस धरान तथा न्याम्स,वीर अस्पतालका आवासीय चिकित्सकहरु डा मनिष मिश्र, डा सम्झना लामिछाने, डा कीर्तिका श्रेष्ठ,डा निहाग्मा पतगवा, डा शिलु अर्याल, डा सुरज गप्ता, डा सम्झना महर्जन, डा राधिका महर्जन, डा स्वेता जोशी, डा विज्ञबावु श्रेष्ठ, डा विभा पाठक र डेण्टल सर्जनहरु विभागका डा प्रकाश पाण्डे, धरानकी डा मनिशा मेहता, विराटनगरकी डा सेफाली कोइराला, नेपाल दन्त चिकित्सक संघका डा हरिप्रसाद ओली तथा पाँचथर अस्पतालकै डा पप्पु सिह ,डेण्टल हाइजिनिष्ट वीर अस्पतालकी ईश्वरी श्रेष्ठ, इलाम अस्पतालका अमर खडका, ल्याब टेक्नििसियनहरु रामबावु महतो, रामकुमार महतो, मुकेश शाह र देव चरण राजबंशी र सहयोगीमा जनस्वास्थ्य अधिकृतहरु दौलत तुलाधार र कमलेश मिश्र थिए।