काठमाडौं । ब्रेन हेमरेज भन्नाले ब्रेनभित्र रगत जम्नु भन्ने बुझिन्छ । सामान्यतया मानिस अचानक बेहोस भयो, एउटा पाटो नचल्ने भयो, बेस्सरी टाउको दुख्ने भयो भने उसलाई ब्रेन हेमरेज भएको हुन सक्छ।
ब्रेनको आर्टरी नसा फुटेर मष्तिस्कमा रक्तश्राव हुनु नै ब्रेन हेमरेज हो । नेपाल जस्तो विकासोन्मुख मुलुकहरुमा धेरै मात्रामा दुर्घटनाका कारण ब्रेन हेमरेज हुने गर्छ । ब्रेन हेमरेजको कारणमा अस्वस्थकर जीवनशैली नै मानिन्छ। जसमा धुम्रपान, मोटोपन, मधुमेह, उच्चरक्तचाप, कोलेस्टेरल, मानसिक तनाव, बढी चिल्लो नुनिलो र तारेको खानेकुराको प्रयोग, व्यायामको अभाव आदि पर्दछन्। यि मध्येमा नेपालमा सबैभन्दा बढी देखिने उच्च रक्तचापको कारण हो।
उच्च रक्तचापको औषधिको सेवन गरेर बिचमै छाड्नेहरुमा पनि ब्रेन हेमरेज हुने गर्छ । मष्तिस्क भित्रको नसाको खराविको कारणले नसा फुट्ने हुँदा पनि ब्रेन हेमरेज हुन्छ । ब्रेन हेमरेज अस्वस्थकर जीवनशैलीका कारण पनि हुने गर्छ । धुम्रपान, मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरल, मानसिक तनाव तथा लागु औषधको प्रयोग गर्ने व्यक्तिहरुमा
ब्रेन हेमरेजको सम्भावना बढी हुन्छ ।
नेपालमा पछिल्लो समय दुर्घटना हुने दर बढिरहेका कारण पनि ब्रेन हेमरेजको समस्या बढि रहेको छ । रक्तचापका बिरामीहरुले औषधि खाइरहेकै अवस्थामा मद्यपान गर्नाेले पनि यस्तो समस्या नेपालमा बढिरहेको छ ।
ब्रेन हेमरेजका लक्षणहरु
- आकस्मिक अत्याधिक टाउको दुख्ने
-पाखुरा र खुट्टा कमजोर हुनु (चलाउन पनि नसक्नु)
-आँखाको दृष्टिमा परीवर्तन आउनु
-आकस्मिक वान्ता हुनु
-बोल्न नसक्नु वा अरुले बोलेको नबुझ्नु
-निल्नलाई समस्या
-पढ्न, लेख्न गाह्रो हुनु
-सवारी साधन चलाउन नसक्नु
-अचेत हुनु, मुर्छा पर्नु
-असामान्य बन्नु
-टाउकोको चोटपटक
-उच्च रक्तचाप
-एन्युरिजम (रगतको नसा फुलेर फुट्ने)
-नसा कमजोर हुनु
-कलेजो रोग
-ब्रेन ट्युमर
-अनियन्त्रित रक्तश्राव
कारण
-उच्च रक्तचाप
-डायवेटिज
-मेनोपोज (रजनोवृत्ति)
-धुम्रपान
-मद्यपान
यसरी बच्नुहोस्
– नियमित रक्तचाप परिक्षण गर्ने तथा औषधि सेवन गरेर नियन्त्रणमा राख्ने,
– समय र समयमा कोलेस्टेरोल परिक्षण गरी नियन्त्रणमा राख्ने,
– मधुमेह भएमा औषधि सेवन गरी नियन्त्रणमा राख्ने,
– चुरोटको सेवन नगर्ने,
– गाडीमा सिटबेल्ट, बाइक र स्कुटीर साइकल चलाउँदा र पछाडि बस्दा बलियो हेल्मेट लगाएर टाउकोको रक्षा गर्ने,
– मदिरा सेवन नगर्ने,
– क्याफिनको मात्रा धेरै हुने सोडा, कोल्ड ड्रिंक्सको सेवन सकभर नगर्ने,
– रिस, आवेग, कुण्ठा, इर्श्या, अस्वस्थ्य प्रतिस्पर्धा, अधिक महत्वाकांक्षा, नकारात्मक सोंच, अधिक संबेदनशिलता त्यागेर ‘ सहज जीवन बिताउने,
– एकोहोरो रुपमा लामो समय मस्तिष्कलाई भार दिने काम नगर्ने । मानसिक, शारीरिक, आध्यात्मिक, सामाजिक, पारिवारिक एबम व्यक्तिगत जीवनलाई पनि प्राथमिकता दिने,
– सधै मेसिनले झैं काम नगर्ने । आहार, निद्रा, आराम, घुमफिर, नाचगान, ब्यायाम, योग, ध्यान आदि गरेर जीवनलाई सरल बनाउने,
– प्राकृतिक आहारविहार र स्वस्थ जीवनशैली अपनाउने,
– गाँजा लगायत ड्रगको सेवन नगर्ने,
– आफ्नो तौल सन्तुलनमा राख्ने,
– योग, ध्यान, प्राणायाम आदिबाट अक्सिजनको मात्रा बढाउने,
– आकस्मिक दुखद समाचार वा बियोगान्तक अवस्थामा आफुलाई नियन्त्रण गर्न सक्ने बनाउन ध्यानको अभ्यास गर्ने,
– जथाभावी औषधिको सेवन नगर्ने,
– मस्तिष्कमा ट्युमर भए र नभएको आवश्यकता अनुसार परिक्षण गर्ने र भएमा उपचार गर्ने
(डा .यमबहादुर रोका सिनियर कन्सल्टेन्ट, न्यूरोसर्जनका रुपमा न्यूरो–कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल, विराटनगरमा कार्यरत छन् । पूर्वाञ्चलको पहिलो न्यूरो सर्जन डा . रोकाले हालसम्म ६ हजार सफल न्यूरो सर्जरी गरेका छन्।)