काठमाडौं । महिनावारी महिलाको नियमित प्रक्रिया हो जुन महिनाको एक पटक महिलामा यो पक्रिया हुन्छ । रजस्वला हुँदा अरुलाई छुनु हुँदैन, धार्मिक कार्यहरुमा सहभागी हुनुहुँदैन् भन्ने समाजका भ्रमले गर्दा महिनावारी रोक्नका लागी विभिन्न खाले औषधि खाने गर्छन ।
महिनावारी रोक्ने औषधिको पटक पटक प्रयोग गनाले स्वास्थ्यका लागि घातक हुन्छ । यस्तो औषधिले क्यान्सर समेत हुन सक्छ । यस कारण पटक पटक प्रयोग गर्नु हुँदैन् यस्तो औषधि बजारमा सहजै पाइन्छ ।
कुनै धार्मिक कार्य या कुनै विशेष अवसरमा सहभागी हुन भनेर रजस्वला रोक्न यस्तो औषधि पटकपटक प्रयोग गर्दा तत्कालै र भविष्यमा समेत निकै असर पुग्ने गर्छ ।
महिनावारी अनियमित हुने । महिनावारी हुदा पेट धेरै दुख्ने,कोहीमा बढी रगत देखिने त कोहीमा कम । स्तन दुख्ने, स्तानमा गिर्खाहरु देखिने । तौल बढ्ने, उच्च रक्तचाप,भविष्यमा स्तान र पाठेघरको क्यान्सरको जोखिम । औषधिको साइड इफेक्टबाट बच्ने उपाय यो औषधि जति सहज र सस्तोमा उपलब्ध छ ।
यसको प्रयोगले दिने परिणाम भने राम्रो छैन् । समाजमा यसको बारेमा कमै मात्र महिलालाई जानकारी छ । जानकारी भएका महिलालले पनि सहज हुने भएकाले पटक पटक यो औषधि प्रयोग गर्ने गरेका छन् । यस्तो समस्याबाट बच्न प्रयोगकर्ता महिला नै सजक हुनु पर्ने छ । रजस्वला नियमित प्रक्रिया हो । यसलाई रोक्नु हँुदैन् र कुनै पनि कार्य गर्न यसले बाधा पार्दैन भनेर बुझ्न जरुरी छ ।
साथसाथै सरकारी स्तरबाट पनि यो औषधिको प्रयोगमा जनचेतना फैलाउनुपर्छ । यसले गर्ने साइड इफेक्ट र रजस्वला सम्बन्धी भ्रम हटाउन जनचेतना जगाउन जरुरी छ ।