एजेन्सी । स्वास्थ्यको ख्याल गर्न सिकयो भने विभिन्न खालका स्वास्थ्य सम्बन्धी समस्याबाट बच्न सकिन्छ । खानपान, आराम, सुताई जीवनशैली आदीले स्वास्थ्य राम्रो बनाउन र बिगार्न भूमिका खेल्छ ।
यसमा पनि महिलाले गर्भवती अवस्थामा त स्वास्थ्यको निकै ख्याल गर्नुपर्ने हुन्छ । किनकी सन्तानका लागि पनि यो महत्वपूर्ण हुन्छ ।खानपान, सुताइ, आराम, व्याम आदीबारे जानकारी राख्न आवश्यक हुन्छ र पेटमा रहेको बच्चालाई पनि सहज हुने गरि व्यवहारहरु गर्नु पर्ने हुन्छ । हामीले यहाँ गर्भवती अवस्थामा सही तरिकाले कसरी सुत्ने विषयमा चर्चा गर्ने प्रयास गरेका छौं ।
माथिको तस्वीरमा देखाइए जसरी सुत्न आवश्यक छ । चित्रको माथिको पोजिसन सही हो भने तलको गलत सुताइ हो ।देब्रेतर्फ कोल्टे फर्केर सुत्दा प्लासेन्टामा रगतको प्रवाह सहज हुन्छ । अनि गोडा र घुँडालाई बंग्याउनुस् र गोडाको बीचमा एउटा सिरानी राख्नुस् ।
ढाडमा पल्टेर नसुत्नुस् । उत्तानो परेर सुत्दा श्वासप्रश्वास, पाचन, कम रक्तचाप र ढाड दुख्ने समस्या आउँछ ।यो पोजिसनमा सुत्दाखेरी तपाईंको बच्चाको पूरै तौल तपाईंको आन्द्रा र प्रमुख रक्तनलीमा पर्छ । यसले गर्दा घुर्न पनि सकिन्छ । त्यसैले पटक्कै उत्तानो नसुत्नुस् ।
अनि राति सुत्नुअघि केही पनि खाने पिउने नगर्नुस् । कफी जस्ता कुरा त पटक्कै नपिउनुस् । सधैं एउटै समयमा सुत्ने र उठ्ने गर्नुस् । यसले गर्दा राम्रो निद्रा पाउनुहुन्छ भने बच्चाको स्वास्थ पनि राम्रो हुन्छ ।