काठमाडौं । बढी नुन खानु स्वास्थ्यका लागि निकै बेफाइदा हुन्छ। धेरै नुन सेवन गर्दा मानिसलाई विभिन्न रोग पनि लाग्छ सक्छन्। धेरै नुन खाँदा खानाको स्वाद मात्रै बिग्रीदैन, ब्लड प्रेसर बढ्नुका साथै मुटु सम्बन्धि थुप्रै घातक रोग लाग्ने सम्भावना पनि हुन्छ। यदी धेरै नुन खानु खाए क्यान्सर जस्तो गम्भीर रोगको जोखिम पनि बढ्छ।
मान्छेले आफूले दिनमा कति नुन खाँदा स्वास्थ्यलाई फाइदा पु¥याउँछ भन्ने कुरामा ध्यान दिनुपर्छ । कतिपय खाने कुरामा नुनको मात्र बढी हुन्छ। त्यस्ता खानेकुराले स्वास्थ्यमा असर पु¥याउने सम्भावना हुन्छ । त्यसैले खाने कुरामा विशेष ध्यान दिनुपर्छ । दिनमा व्यक्तिले दिनमा २,३०० मिलिग्राम नुन सेवन गर्नु उपयुक्त मानिन्छ । यो पनि बढी नुन सेवन गर्ने व्यक्तिका लागि बढी उपयुक्त हो । तर, सामान्य मान्छेका लागि १,५०० मिलिग्राम भन्दा बढी नुन सेवन गर्नु उपयुक्त मानिदैन।
हामी नुनको सेवनमा ध्यान दिँदैनौ र हाई ब्लडप्र्रेसरको सिकार हुन पुग्छौं । नुन बढी सेवन गर्दा मुटु सम्बन्धि रोग बढ्ने खतरा हुन्छ । बढी नुन सेवन गर्दा डिहाइड्रशनकाके समस्या पनि हुने सम्भावना हुन्छ । स्वास्थ्यमा सोडियमको मात्रा बढी हुन्छ । तर, यो मात्रा आवश्यकता भन्दा बढी भयो भने यसले शरीरमा थुप्रै नकरात्मक असर गर्छ । त्यसैले डाक्टरले कम नुन खाने सुझाव दिनेगर्छन् । यदि आहारामा सोडियमको मात्रा बढी भयो भने ब्लडप्रेसर हाई हुने समस्या हुन्छ।
शरीरमा नुनको मात्रा बढी भए रक्त प्रवाह बढ्छ । यसले मुटु र धमनिमा अतिरिक्त दवाव दिएर स्वास्थ्यमा नकरात्मक असर पुगाउँछ । धेरै नुन खाँदा हर्टअट्याकको सम्भावना पनि हुन्छ । धेरै नुन खाँदा मिर्गौलाको पत्थरी हुने सम्भावना पनि हुन्छ ।
बढी नुन खाँदा पिसावमा क्याल्सिएमको मात्रा बढ्छ । क्याल्सिएमको मात्रा बढी भयो भने मिर्गौलाको पत्थरी हुने सम्भावना हुन्छ । यदि मिर्गौलामा पत्थरी भयो बुझ्नुस् की तपाई बढी नुन सेवन गर्नुहुन्छ । बढी नुन सेवन गर्दा मोटोपन बढ्छ । त्यसैले हामीले सधै नुन खाँदा सम्मेमितता अपनाउनु पर्छ।