काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिले कुरा गर्दा, गाउँदा, खाँदा वा खोक्दा बन्ने श्वासप्रश्वासका थोप्लाहरू मार्फत संक्रमण फैलिन्छ । संक्रमित व्यक्तिहरूको शरीरभित्र लक्षणविना पनि भाइरस रहेको हुन सक्दछ ।
मास्कको प्रयोगले कोभिड १९ का छिटाहरु फैलिन नदिइ अन्य व्यक्तिमा सर्नबाट रोक्ने काम गर्दछ । मास्क लगाउने व्यक्तिलाई सासको थोपाहरू लिन र संक्रमित हुनबाट पनि जोगाउन सक्दछ ।
बजारमा विभिन्न किसिमका मास्कहरू उपलब्ध छन् र कुन प्रकारको मास्क लगाउनुपर्दछ भनेर बुझ्नु महत्वपूर्ण सबैका लागी महत्वपुर्ण हुन्छ ।
कपडाको मास्क
गैह्र चिकित्सकीय मास्कको रूपमा चिनिने कपडाको मास्कहरू प्रायः कपडाले बनेका हुन्छन्। तिनीहरू विभिन्न शैली र रंगहरूमा आउँदछन् र तिनीहरुलाई धुन र पुनः प्रयोग गर्न सकिन्छ। प्रभावकारी हुनको लागि, तिनीहरूलाई कम्तीमा कपडाको तीन तहको बनाउनु पर्दछ।
यस प्रकारको मास्क लगाउन विश्व स्वास्थ्य संगठनले सिफारिस गर्दछ । कपडाको मास्कलाई प्रत्येक प्रयोगपछि साबुन वा डिटर्जेन्टको प्रयोग गरी तातो पानीमा दैनिक रुपमा धुनु पर्दछ। यसरी धोएपछि, मास्कलाई पुनः प्रयोग गर्नुअघि पूर्ण रूपमा सुकाउनुपर्छ ।
मेडिकल मास्क
सर्जिकल मास्क भनेर पनि चिनिने मेडिकल मास्क नबुनिएका कपडाबाट बनेको हुन्छ । यी सामान्यतया तीन तहका हुन्छन् र स्वास्थ्यकर्मीहरूको लागि डिजाइन गरिएका हुन्छन् ।
विश्वव्यापी महामारीको कारण मेडिकल मास्कहरुको आपूर्ति कम भइरहेको छ । त्यसैले केही समूहले मात्र यस्तो प्रकारको मास्क लगाउनु पर्दछ भनेर विश्व स्वास्थ्य संगठनले सिफारिस गर्दछ । यसमा स्वास्थ्यकर्मीहरू, ६० वर्ष भन्दा बढि उमेरका, अन्तर्निहित स्वास्थ्य समस्या भएका, कोभिड १९ भएका व्यक्तिको हेरचाह गर्ने र कोभिड १९ को लक्षण भएका वा वा पुष्टि भएका वा संक्रमित व्यक्तिहरू पर्दछन्।
यसको अर्थ अन्तर्निहित स्वास्थ्य समस्या भएको र कोभिड १९ को लक्षणहरू वा पुष्टि भएको, वा जो कोही बिरामीहरुको नजिक छन् भने मात्रै यस प्रकारको मास्क लगाउनु पदर्छ ।
मेडिकल मास्कहरू धुन योग्य वा पुनः प्रयोग गर्न योग्य हुँदैनन् । आठ घण्टाको निरन्तर प्रयोगपछि यसलाई सुरक्षित रुपमा फाल्नुपर्दछ ।
मास्कको विषयमाः गर्न नहुने
मास्क लगाउँदा यस्ता गल्तीहरू कहिल्यै गर्न हुदैँन ।
मास्कलाई नाकमुनि नतान्नुहोस्।
आफ्नो चिउँडो खुला नछोड्नुहोस्।
आफ्नो चिउँडो मुनि मास्क नतान्नुहोस्।
माक्स लगाउँदा त्यसलाई नछुनुहोस्।
खुकुलो मास्क नलगाउनुहोस्।
फोहोर, बिग्रिएको वा भिजेको मास्क नलगाउनुहोस्।
एक जनाले लगाएको मास्क अर्कोले नलगाउनुहोस् ।
एक जनाले लगाएको मास्क अर्कोले लगाउँदा भाइरस सर्न सक्छ।
व्यायाम गर्दा मास्क लगाउनु हुँदैन। पसिनाले मास्कलाई भिजाउन सक्छ र सास फेर्न गाह्रो हुनुका साथै कीटाणुहरूको वृद्धि सजिलो हुन्छ। त्यसैले मास्कको आवश्यक नपर्ने गरि अरूबाट सुरक्षित शारीरिक दूरी कायम गरी व्यायाम गर्नु उपयुक्त हुन्छ।