- डा. अनिल यादव
काठमाडौ - हाल विश्व कोरोना भाइरस (कोभिड १९) बाट आक्रान्त बनिरहेको छ । विश्व लगायत नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बृद्धि हुनुका साथै मृत्यु हुनेहरु संख्या पनि बढिरहेका छ ।
कोरोना भाइरस संक्रमण बिशेषगरी फन्टलाइनमा काम गर्ने र प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुमा देखिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिहरुमा प्राय दिर्घ रोगि वा कुनै रोगबाट पिडित छन् । त्यसैले यो समयमा दिर्घरोगीहरुले धेरै नै सावधानी अपनाउँनु पर्ने देखिन्छ । त्यसमा पनि मधुमेहका बिरामीले उच्च सावधानी अपनाउनु पर्छ ।
मधुमेहको समस्या भएका व्यक्तिमा रगतमा चिनीको मात्रा बढि हुन्छ । यो रोग प्यानक्रियाजबाट उत्पादनमा कमी हुने वा इन्सुलिनको उपयोगमा आउने कमीको कारणबाट हुन्छ । जब शरीरमा इन्सुलिन हार्मोनको उत्पादन रगतमा प्रयाप्त हुदैन वा इन्सुलिन प्रयाप्त हुदाँ पनि काम गर्न छोड्छ, जसले गर्दा शरीरमा चिनीको मात्रा अत्यधिक बढेर जान्छ । त्यसलाई नै मधुमेह भनिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड १९ को जोखिममा रहेको जनसंख्याहरु कुन हो ?
मधुमेह
उच्च रक्तचाप
हृदय रोग
क्यान्सर
बृद्ध व्यक्ति
इटाली र चिनमा गरिएको अध्ययन अनुसार धुम्रपान सेवन गर्ने व्यक्ति, उचाइ अनुसार तौल बढी भएको व्यक्ति कोभिड १९ को उच्च जोखिममा रहेको देखिन्छ ।
मधुमेह रोगीहरु कोभिड १९ को जोखिममा किन ?
मुटुरोग र मधुमेह लागेका कोभिड १९ संक्रमितहरुमा अस्पताल भर्ना हुने सम्भावना ६ गुणा र मृत्यू हुने सम्भावना १२ गुणा बढी हुन्छ । नेपालमा पनि कोभिड १९ संक्रमितहरुको संख्यासंगै मृत्यु हुने संख्या बढ्दै गइरहेको छ। तथ्याङ्क अनुसार नेपालमा पनि मुटुरोग र मधुमेह भएका कोभिड १९ संक्रमितहरुको मृत्यु दर बढी रहेको छ।
मधुमेह विरामीहरुमा प्रतिरोधात्मक क्षमता कम हुन्छ, जसले उनीहरुलाइ संक्रमणको जोखिम धेरै हुन्छ । कुनै जिवाणुसंग लड्ने क्षमता कम हुन्छ साथै मधुमेह विरामीहरुमा मिर्गौलाको जटिलता, हृदयरोग र अन्य रोगहरु छिट्टै लाग्न सक्ने सम्भावना धेरै हुन्छ । नेपालको अधिकाशं जनसंख्या मधुमेहको स्वयं व्यवस्थापन शिक्षा बाट बन्चित छ । त्यसैले वर्तमान अवस्थामा मधुमेहका विरामीहरु आफु नै बढी सचेत हुन आवश्यक देखिन्छ ।
कोभिड १९ बाट बच्ने उपाय
हातलाई पटक पटक साबुन पानी वा ह्यान्ड स्यानीटाइजरले कम्तीमा २० सेकेन्ड सम्म धुने गर्नुहोस् ।
हात नधोइकन आँखा, नाक र मुख लाई छुने नगर्नुहोस् ।
घरको सतह तथा अन्य बारम्वार छुने सामानहरु किटनाशक प्रयोग गरी नियमित सफा गर्नुहोस् ।
खोक्दा वा हाच्छ्युं गर्दा सफा कपडाको प्रयोग गर्नुहोस् वा पाखुराले छेक्नुहोस् ।
हात नमिलाउनुहोस्, नमस्कार गर्नुहोस् ।
घरमा बस्नुहोस्, समाजिक दुरी (कम्तीमा ३ फीट) कायम गर्नुहोस् ।
सरकारद्वारा जारी निर्देशनहरुको पालन गर्नुहोस् ।
सहि सुचना दिने माध्यमबाट सुचना लिनुहोस् र गलत सुचना बाट बच्नुहोस् ।
कोभिड १९ बाट बच्न मधुमेह रोगीहरुले विशेष के कुरामा ध्यान दिनु पर्छ ?
आवश्यक परेमा सम्पर्क गर्नुपर्ने नजिकको चिकित्सक, एम्बुलेन्स र आफन्तको सम्पर्क विवरण अध्यावधिक गरेर राख्नुहोस् । मधुमेह नियन्त्रणको लागी खाइरहेको औषधि नछुटाइकन नियमित सेवन गर्नुहोस् ।
रगतमा चिनीको मात्रा कम वा बढी भएर हुने जटिलता बाट बच्न नियमित रुपमा चिनीको जाचँ गराउनुहोस् ।
होम क्वारेन्टाइनमा बस्न आवश्यक पर्ने मधुमेह नियन्त्रणको लागी खाइरहेको औषधि प्रयाप्त मात्रामा आफू संग राख्नुहोस् ।
आवश्यक खानेकुराको आपुर्तिको सुनिश्चत्ता गर्नुहोस् । रगतमा चिनीको मात्रा कम भएमा त्यसको व्यवस्थापन गर्न सक्ने गरी तयारी गर्नुहोस् ।
एक्लै बस्ने ज्यक्ति विरामी परेको बेला सहयोग गर्न सक्ने बिश्वासिलो व्यक्तिलाइ मधुमेह छ भनि जानकारी गराइराख्नुहोस् ।
तालिका बनाइ सोहि अनुसार नियमित रुपमा खानपिन तथा अराम गर्नहोस् ।
अत्यधिक कडा काम नगर्नुहोस् र कम्तीमा राती ८ घण्टा सुत्नुहोस् ।
यदि फ्लु जस्तो लक्षण (ज्वरो, खोकी, सास फेर्न गाह्रो) देखिएमा चिकित्सक संग परामर्श लिनुहोस् ।
चिनीरहित पानी प्रशस्त सेवन गर्नुहोस् (प्रति घण्टा १०० मि ली पानी र प्रति दिन कम्तीमा २.५ लीटर पानी)
स्वस्थ्य पोषण चिनी कम हुने खाना (तरकारी, फलफूल, गहुँ, पास्ता र नुडल्स) लाई बढी प्राथमिकता दिनुहोस् ।
दिनमा कम्तीमा २.५ लीटर पानी पिउनुहोस् ।
तारेको र भुटेको खानेकुरा अत्यधिक सेवन नगर्नुहोस् ।
चिनी, कार्बोहाइड्रेड र बोसो बढी पाइने खाध्यपदार्थको सेवन सिमित मात्रामा मात्र गर्नुहोस् ।
प्रोटिन पाइने खानेकुरा राम्ररी पकाएको माछा, मासु, अण्डा, दुध, गेडागुडी अत्यधिक सेवन गर्नुहोस्।
हरियो सागपात प्रशस्त खाने गर्नुहोस् ।
फलफूल दैनिक खाने गर्नुहोस् ।
धुम्रपान तथा मद्यपानको सेवन नगर्नुहोस् ।
व्यायम
कोभिड १९ महामारीका कारण सबै जना होम क्वारेन्टनइनमा रहेको अवस्थामा समान्य व्यक्ति तथा मधुमेह रोगीले नियमित शारीरिक व्यायम गर्नु लाभदायक हुन्छ ।
होम क्वारिन्टिनमा हुदाँ गर्नुपर्ने व्यायम ।
कम्तिमा ६ तल्ला बराबरको सिढीमा ८ चोटी तल माथी हिड्नुहोस् ।
स्किपिङ्ग, गर्नुहोस् ।
कम तौल भएका घरेलु समानहरु जस्तो पानी भरिएको बाल्टिन तथा बोतल आदी प्रयोग गर्नुहोस् ।
मधुमेहका विरामीमा कोभिड १९ का शंकास्पद लक्षण देखिएमा चिकित्सकलाई जानकारी गराउनु पर्ने कुरा ।
कोभिड १९ का शंकास्पद लक्षण (ज्वरो १००.४० आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने) ।
अहिले खाइरहेको औषधिको नाम र मात्रा थाहा पाइराख्ने ।
(मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा यादव विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल कार्यरत छन् । )