काठमाडौं । काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल टिचिङ हस्पिटल एण्ड तथा कान्तिपुर स्कुल अफ डेन्टिष्ट्रीको आयोजनामा टेक्निकल एजुकेशन फेयर एण्ड करिअर काउन्सिलिङ कार्यक्रम हुने भएको छ ।
कान्तिपुर डेन्टल टिचिङ हस्पिटलले आज (बिहिबार) विशेष कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रम आगामी श्रावण ७ गते हुन लागेको जानकारी दिएको हो । हाल विद्यालय स्तरको अध्ययन सकेर उच्च शिक्षामा कुन विषय पढ्ने भन्ने अन्योलको स्थितीमा रहेका अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गरी उक्त कार्यक्रम गर्न लागिएको केडिसीले जनाएको छ ।
अध्यक्ष डा बुद्धिमान श्रेष्ठले एसईई दिएर बसेका कतिपय विद्यार्थीहरुमा भविस्य कुन रुपमा अघि बढाउने ? के विषय पढ्ने र के विषय पढ्दा कस्तो स्कोप छ भन्ने बारेमा चासो हुने भएकोले स्वास्थ्य प्राविधिक विषयका बारेमा आफूहरुले विद्यार्थी तथा उनीहरुसंगै आउने अभिभावकलाई काउन्सिलिङ गर्ने बताए।
यस कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा दन्त शिक्षासम्बन्धी स्नातक तथा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ भने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सम्बन्धनमा सर्टिफिकेट एण्ड इन डेन्टल साइन्स तथा डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
यस कार्यक्रमको मुख्य ध्येय बिद्यार्थीहरुमा प्राविधिक तथा दन्त शिक्षा सम्बन्धी जनचेतना फैलाउनु रहेको छ । कार्यक्रमबाट रमाइलो लिनका लागि २१ वटा स्टलमा प्रोजेक्ट प्रदर्शन, दन्त तथा फार्मेसी उपकरण प्रदर्शन, कला प्रदर्शन, फुड स्टल, गेम स्टल, फेस पेन्टिङ्ग, फोटो बुथ आदि समेत रहने छ ।
एक दिने उक्त प्रदर्शनीमा करीब १० हजारको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।