धनगढी । धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र धनगढीकै हसनपुरमा रहेको ऐश्वर्य बिद्या निकेतन स्कुलबीच उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा स्कुल संचालक समितिका सदस्य, शिक्षक शिक्षिका, विद्यालय परिवारका सदस्य, कर्मचारी र नीजका परिवारजन (बुवा आमा, श्रीमान श्रीमती र छोरा छोरी)को दुर्घटना वा अन्य उपचारका लागि पनि अस्पतालमा विशेष छुट उपलब्ध गराउने र स्वास्थ्य सम्वन्धि आवश्यक सेवा सुलभ र सहज रुपमा पु–याउने निसर्ग हस्पिटलले जनाएको छ ।
सम्झौता पत्रमा यस हस्पिटलमा ऐस्वर्यका बिध्यार्थी,स्टाफ र अन्यले क्रमशः ओपिडी टिकटमा ५०-२५ प्रतिशत छुट,प्रयोगशाला सेवामा २५-१५ प्रतिशत छुट,युएसजी,एक्सरे,ईसिजी,ईको,टिएमटि र ईन्डोस्कोपीमा १५-१० प्रतिशत छुट,आईसियु-एनआईसियुमा ५-१० प्रतिशत र भर्ना भएका बिरामीको बेड चार्जमा १५-१० प्रतिशत साथै औषधि खरिदमा ७-५ प्रतिशत छुट,क्याबिनमा १०-७ प्रतिशत छुट, सामान्य सल्यक्रियामा १०-७ र जटिल सल्यक्रियामा ७.५-५ प्रतिशत छुट हस्पिटलबाट प्रदान हुने हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए ।
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्र्टर प्रा.लि.का अध्यक्ष तिर्थराज पन्त तथा ऐस्वर्य बिद्या निकेतन बोर्डिङ स्कुलका प्राचार्य पे्रम निधी ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कार्यक्रमा प्रमुख अतिथि ऐस्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्म देब भट्ट रहेका थिए । । अतिथिको रुपमा हस्पिटलका मेडिकल डाईरेक्टर डाक्टर मेराज आलम अन्सारी,डाक्टर प्रदीप मिश्र,संचालक कुबेर शाही र वडा नं. ५ का अध्यक्ष गजेन्द्र शाही रहेका थिए ।
निजी क्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवा प्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनका लागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ।