बच्चा बढ्दै जाँदा उनीहरूलाई आवश्यक क्याल्सियमको कमीले जोर्नी तथा हड्डी दुख्ने हुन्छ, चुलबुले तथा खेल्ने बच्चाहरूलाई क्याल्सियमको मात्रा बढी चाहिन्छ ।
बच्चा उमेरअनुसार बढ्न क्याल्सियम अपरिहार्य छ । क्याल्सियम कम हुन नदिन खानपानमा विशेष ख्याल पुगाउनु पर्छ । बढ्दै गरेको बच्चामा हड्डी तथा जोर्नीमा समस्या देखिने खास कारण भने क्याल्सियमको कमी नै हो । शारीरिक विकासका क्रममा कहिलेकाहीँ बच्चाको हातगोडा दुख्ने समस्या आउन सक्छ । यस्तो समस्यालाई मेडिकलमा ‘ग्रोइङ पेन’ (बढ्दो उमेरको समस्या) भनिन्छ । हरेक दिन सामान्य मालिस गर्दा पनि बच्चाको दुखाइमा धेरै राहत मिल्छ । कतिपय बच्चामा जोर्नी दुखाइका कारण बाथरोग पनि हुनसक्छ । कतिपय बालबालिकामा बाथको समस्या भने पछि गएर आफैँ ठीक हुन्छ । तर, कतिपयको भने पछिसम्म औषधि सेवन गर्नुपर्ने हुनुसक्छ।
क्याल्सियम के मा पाइन्छ ?
डेरी उत्पादन दूध, दही, चिजमा क्याल्सियम सबैभन्दा राम्रो पाइन्छ । सुन्तलाको जुस, चकलेट मिल्क, चाइनिज बन्दागोभी, चिप्ले भिन्डी, ब्रोकाउली, बदाम, माछालगायतमा पनि क्याल्सियमको मात्रा धेरै हुन्छ ।
बच्चाको उमेरअनुसार यस्ता खानामा जोड दिनुपर्छ ।
उमेरअनुसार बच्चालाई प्रतिदिन यति मात्रामा क्याल्सियम चाहिन्छ
कति बर्षको बच्चालाई कति क्याल्सियम :
०–६ महिना प्रतिदिन – २०० मिलिग्राम
६–१२ महिना प्रतिदिन – २६० मिलिग्राम
१–३ वर्ष प्रतिदिन – ७०० मिलिग्राम
४–८ वर्ष प्रतिदिन – १,००० मिलिग्राम
९–१३ वर्ष प्रतिदिन – १,३०० मिलिग्राम