एजेन्सी । भिटामिन डि एक प्रकारको भिटामिन हो। यो भिटामिनले हाम्रो सम्पूर्ण स्वास्थ्य र हड्डीहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामीन डि ले शरीरको मांसपशी, मुट, फोक्सो, दिमाग स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ।
भिटामिन डिले कसरी काम गर्छ ?
भिटामिन डि शरीरको छालामा रहेको हुन्छ । घामको किरण शरीरमा पर्दा शरीरमा रहेको भिटामिन डि सक्रिय रुपमा परिवर्तन हुन्छ । सक्रिय भएको भिटामिन डि ले हाम्रो शरीरमा विभिन्न प्रक्रियाद्धारा शरीरमा लाहिने क्यल्सियम फोस्पोसर बढाउन र शरीरलाई स्वास्थ्य राख्न मद्दत गर्छ ।
भिटामिन डि को काम यस्तो छ
– दाँत बलियो बनाउछ,
–शरीरमा क्याल्सियम र फोस्फोरसको मात्रा सन्तुलन राख्न मद्दत गर्छ,
– स्तन र आन्दाको क्यान्सर हुने सम्भावना कम गराउछ,
– हड्डी सम्बन्धी रोगहरु कम गर्छ,
–रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।
यस्ता व्यक्तिलाई भिटामिन डि कम हुन्छ
–पाँच वर्ष मुनिका बालबालिका,
–६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरु,
–गर्भधारण गरेका तथा सुत्केरी महिला,
–कालो छाला भएका व्यक्तिहरु,
–घाममा थोरै समय बस्ने व्यक्तिहरु ।
भिटामिन डि कमी भएको यसरी थाहा पाउनुस्
–धेरै थकाइ लाग्नु,
–मांशपेशी कमजोर हुनु,
– ढाड,खुट्टा, पाइतला दुख्नु,
–चिडचिडापन हुनु,
–बालबालिकाको हड्डी राम्रोसँग विकास नहुनु ।
यस्ता खानामा पनि पाइन्छ भिटामिन डि
–अण्डा,
–साल्मोन माछा,
–च्याउ,
– पौष्टिक आहार ।
शरीरलाई भिटामिन डिको परिपुर्ती गर्न धेरै गाह्रो छैन । दैनिक १० देखि २० मिनेट घाममा बस्दा शरीरले आवश्यक भिटामिन डि प्राप्त गर्छ ।