काठमाडौं । नेपालमा विश्वका सातवटा देशबाट कन्डम भित्रिने गरेको छ । भारत, चीन, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम आउने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
नेपालमा विश्वका सातवटा देशबाट कन्डम भित्रिने गरको छ । भारत, चीन, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम आउने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
जसमध्ये, भारतबाट सबैभन्दा धेरै ११ करोड ७० लाख ९२ हजार रुपैयाँको कन्डम भित्रिएको छ । यस्तै, दक्षिण कोरियाबाट २ करोड ४८ लाख रुपैयाँको कन्डम भित्रिँदा दक्षिण कोरियाबाट ९६ लाख ९४ हजार रुपैयाँको भित्रिएको छ ।
यस्तै, मलेसियाबाट ५९ लाख रुपैयाँको आयात हुँदा चीन ५४ लाख ५२ हजार रुपैयाँको कन्डम आयात भएको तथ्यांक छ । चालू आर्थिक वर्ष २०७८÷७९ मा विदेशबाट १६ करोड २० लाख रुपैयाँको कन्डम भित्रिएको छ।