काठमाडौं । डिप्रेसन भन्नाले मनमा निराशापन हुनु र निरशापनको भावनालाई बुझिन्छ। कहिलेकाहीँ मानिस सानो कुराले पनि यत्तिकै निराश हुन्छ।
चिकित्सकहरू मानसिक समस्यालाई डिप्रेसनका रूपमा लिन्छन्। समयमा नै उपचार भएमा यो एकदमै सामान्य तर उचित निराकरण नभएमा गम्भीर स्वास्थ्य समस्या हो डिप्रेसन। डिप्रेसनका कारण भावना, सोच तथा व्यवहारमा नकारात्मक असर पैदा हुने गर्दछ।
१. डिप्रेसनबाट बच्न स्वस्थ जीवनशैली अपनाउनुपर्छ । समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ ।
२. दैनिक काम गर्दा हुने तनाबलाई सकारात्मक रूपमा लिनुपर्छ । आइपर्ने समस्याको चिन्ता लिएर बस्नुभन्दा समाधानको उपाय खोज्ने गर्नुपर्छ ।
३. लामो समयसम्म एउटै काम गरिहनु हुँदैन । बीच–बीचमा घुम्न जानेजस्ता क्रियाकलाप गर्नाले फ्रेस भइन्छ ।
४. फास्टफुड, जंकफुड, धूम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । अत्यधिक मात्रामा चिया–कफी पनि सेवन गर्नुहुँदैन । यसले निद्रा गडबडीको समस्या निम्त्याउँछ ।
५. निष्क्रिय जीवनशैली त्याग्नुपर्छ । सामाजिक कार्यमा सक्रिय हुनुपर्छ ।
६. मनोरोगलाई भयानक रूपमा लिनु हुँदैन । यदि, मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।