काठमाडौं । स्वस्थ जीवनशैलीले प्राकृतिक रुपमा नै उच्च तहको उर्जा प्रदान गर्छ र फूर्तिलो बनाउँछ । यसैले स्वास्थ्यका लागि आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न कहिल्यै पनि ढिलाई गर्नु हुँदैन । स्वस्थ जीवनशैलीका केही आधारहरु यी हुन् :
१. निन्द्रा :
निन्द्रा स्वस्थ जीवनशैलीको एउटा अभिन्न पाटो हो । शरीरलाई आराम प्रदान गर्न, उर्जा दिन र भोलिपल्ट अझै बढी फूर्तिलो भएर काम गर्न शरीरलाई निन्द्रा आवश्यक हुन्छ । व्यस्त जीवनशैलीका कारण केही मानिस पर्याप्त निन्द्रा पाउन सक्दैनन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पर्याप्त सुत्न नपाउने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मानसिक समस्या उत्पन्न हुने खतरा हुन्छ ।
२. पानी :
पानी सम्पूर्ण जीवित प्राणीलाई बाँच्नका लागि नभई नुहने तत्व हो । पानीबिना जीवनको अस्तित्व नै असम्भव छ । मानिसको शरीर पानीले नै बनेको हुन्छ र शरीरमा बारम्बार पानी पूर्ति गर्नुपर्छ । यसका लागि सक्दो बढी पानी पिउनुपर्छ । पानीले शरीरबाट अनावश्यक उत्तेजक पदार्थ फाल्न सहयोग गर्छ । स्वस्थ रहन र अन्य रोगबाट बँच्न पनि एक वयस्क मानिसलाई दैनिक कम्तिमा ५ लिटर पानी चाहिन्छ । पानीले शारीरिक र मानसिक रुपमा स्फूर्ति दिन्छ ।
३. उचित भोजन :
स्वस्थ जीवनशैलीका लागि अर्को आवश्यक तत्व हो स्वस्थ भोजन । यसका लागि स्वस्थ फलफुल, सागसब्जी, मासु, गेडागुडी नियमति उपभोग गर्नुपर्छ । तेलीय, चिल्लोयुक्त, सोडियम बढी भएको खानेकुरा कहिल्यै खानुहुन्न ।
४. व्यायाम :
स्वस्थ जीवनशैलीका लागि व्यायाम पनि एउटा महत्वपूर्ण पाटो हो । नियमित व्यायाम गरेर स्वास्थ्यसम्बन्धी केही समस्यामा सुधार ल्याउन सकिन्छ । ड्युक टुडेका अनुसार स्वस्थ भएर बाँच्न वयस्क मानिस कम्तिमा पनि आधा घन्टा व्यायाम गर्नुपर्छ ।
५. सकारात्मक सम्बन्ध :
जीवनमा सकारात्मक र मैत्रीपूर्ण सम्बन्धले मानिसको जीवनशैलीलाई अझै स्वस्थ बनाइदिन्छ । कतिपय मानिसले नकारात्मक सम्बन्धलाई महसुस गर्दैनन् जसका कारण उनीहरुमा शारीरिक रुपमा अस्वस्थ हुन्छन् । नकारात्मक सम्बन्धले पेट दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने, भोक नलाग्ने लगायतका समस्या उत्पन्न हुन्छन् । स्वस्थ जीवनशैलीका लागि सधैं सकारात्मक सम्बन्ध कायम गर्नुपर्छ ।
६. विश्राम :
दैनिक काममा केही क्षण विश्राम लिनु पनि स्वस्थ जीवनशैलीको अर्को महत्वपूर्ण पाटो हो । आफ्नो बहुमुल्य समय खेर नफाली समय–समयमा ब्रेक लिनुपर्छ ।
७. मानसिक स्वास्थ्य :
मानसिक रुपमा स्वस्थ भएमा तपार्इंको समग्र स्वास्थ्य जीवनशैलीमा सुधार आउछ । मानसिक पीडा र चिन्ताले शारीरिक रुपमा समेत असर गर्छ । योगा, ध्यान, रमाइलो पार्ने व्यायामबाट तनाबमुक्त भई खुसी जीवनयापन गर्नुहोस् ।
८. ताजा हावा र सूर्यको घाम :
कार्यालय र कामबाट फुर्सद लिएर बाहिरको ताजा मौसमको स्वच्छ हावा लिनुहोस् । शरीरलाई घाम पनि आवश्यक हुने भएकाले कामबाट ब्रेक लिएर घाम लिनुहोस् ।
९. नियमित स्वास्थ्य परीक्षण गर्ने :
सम्भव भए वर्षमा एकपटक सम्पूर्ण शरीर परीक्षण गर्नुहोस् ।