काठमाडौं - खोप भनेको शरीरमा रोग सँग लड्ने क्षमता बढाउनका लागि दिइने भ्याक्सीन हो ।
अधिकांश खोपहरु शिशु जन्मिए देखि १ वर्ष भित्र लगाउनु पर्ने हुन्छ । बालबालिकालाई नियमित रुपमा खोप लगाए शरीरिक र मानसिक विकास हुनुका साथै विभिन्न रोग तथा संक्रमणसँग बचाउन सकिन्छ । बालबालिकालाई स्वस्थ राख्न अपागंता हुनबाट बचाउनुका साथै मृत्युजन्य रोगहरुबाट बचाउनका लागि सबै खोप नियमीत रुपमा लगाउनु पर्छ ।
शिशुलाई मात्र नभएर गर्भवती महिलालाई पनि खोप लगाउने गरिन्छ । आमा र नवजात शिशुलाई धनुष्टङ्गकार र भ्यागुते रोगबाट बचाउन गर्भवती महिलाले खोप लगाउन जरुरी हुन्छ । सरकारले कुनै पनि बालबालिका खोपबाट बन्चित नहुन भन्ने उदेश्यले कम्तिमा महिनाको एक पटक तोकिएको खोप केन्द्रमा नेपाल सरकारले निःशुल्क खोप सेवा संन्चालन गरेको ।
खोप कस्तो अवस्थामा लगाउने सम्बन्धि केहि जानकारी यस्ता रहेका छन् ।
बालबालिकालाई मन्द ज्वरो, पखला, सामान्य रुघाखोकी, टंसिल, कान पाक्ने, हल्का स्या स्या, घ्यार घ्यार हल्का रोगहरु हुदाँ नियमित खोपहरु स्थगित गर्नु पर्दैन ।
बालबालिकालाई उच्च ज्वरो, बिरामी भएर भर्ना भए, सिकिसत भएको अवस्था गम्भीर प्रकारको रोग निको नहुञ्जेल अस्थाई रुपमा खोप स्थगित गर्नुपर्छ ।
एण्टिबायोटिक खाइरहेको र स्वास्थ्य स्थीर रहेको बालबालिकाको खोप प्रक्रिया अवरुद्ध गर्नु पर्दैन ।